नेभिगेशन
समाज

पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित हुने

काठमाडौँ ।  पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल निकट कानुन व्यवसायीका अनुसार, पूर्वप्रधानमन्त्री नेपालले विशेष अदालतमा स्वेच्छिक रूपमा उपस्थित हुने अनुमति माग्दै निवेदन दर्ता गराइसकेका छन्। अब अदालतले उक्त निवेदनका आधारमा पेशी तोक्नेछ र त्यसअनुसार नेपालले अदालतसमक्ष आफ्नो बयान दिनेछन्।

Ncell
Extreme Energy

कानुनी स्रोतका अनुसार, बुधबारदेखि सुरु हुने बयान छोटो समयमा सक्ने रणनीति बनाइएको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ, जहाँ नेपाल पक्षले उनलाई साधारण तारेखमा छाडेर मुद्दा अघि बढाउनुपर्ने माग गर्नेछ। उता सरकारी पक्षले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्रीलाई थुनामा राख्नुपर्ने माग गर्नेछ।

गत जेठ २२ गते अख्तियारले पतञ्जलि प्रकरणमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आरोपअनुसार, पतञ्जलि योगपीठले काभ्रेपलाञ्चोकमा आयुर्वेद अस्पताल र जडीबुटी फार्म स्थापनाका लागि हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न तत्कालीन नेपाल नेतृत्वको मन्त्रिपरिषद्बाट स्वीकृति लिएको थियो। तर, केही समयमै ती जग्गा निजी स्वामित्वमा बिक्री गरिएको पाइएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।

प्रचलित कानुनअनुसार, हदबन्दी छुटमा किनेको जग्गा उत्पादनमूलक प्रयोजनबाहेक अन्यत्र बिक्री गर्न पाइँदैन। साथै, यस्तो कम्पनी विघटन भएमा जग्गा पुनः सरकारले फिर्ता लिन सक्ने व्यवस्था छ। तर, त्यसबेला मन्त्रिपरिषद्बाट नै बिक्रीको अनुमति दिइएपछि पूर्वप्रधानमन्त्री नेपालमाथि जिम्मेवारी तोकिएको हो।

अब अदालतको प्रक्रिया सुरु हुने क्रममा राजनीतिक रूपमा समेत संवेदनशील मानिएको यो मुद्दाले थप बहस सिर्जना गर्ने देखिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए।
रास्वपाले पदाधिकारीमा कम्तीमा चार महिला मनोनीत गर्ने, यस्तो छ तयारी

रास्वपाले पदाधिकारीमा कम्तीमा चार महिला मनोनीत गर्ने, यस्तो छ तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीमा चार जना महिना मनोनीत गर्ने भएको छ । रास्वपा महामन्त्री विपीन आचार्यले विधानबमोजिम कम्तीमा चार महिलालाई सभापतिले पदाधिकारीमा मनोनीत गर्ने बताए ।
अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहनेः अमेरिका

अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहनेः अमेरिका

जुन १७ मा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए । फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले महत्वपूर्ण हर्मुज जलडमरुमा...
संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सुरु (तस्बिरहरु)

संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सुरु (तस्बिरहरु)

सङ्घीय संसद् सचिवालयद्वारा संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी २ (दुई) दिने अभिमूखिकरण कार्यक्रम सुरु गरेको हो ।

भर्खरै