नेभिगेशन
मुख्य समाचार

पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित हुने

काठमाडौँ ।  पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुने भएका छन्।

नेपाल निकट कानुन व्यवसायीका अनुसार, पूर्वप्रधानमन्त्री नेपालले विशेष अदालतमा स्वेच्छिक रूपमा उपस्थित हुने अनुमति माग्दै निवेदन दर्ता गराइसकेका छन्। अब अदालतले उक्त निवेदनका आधारमा पेशी तोक्नेछ र त्यसअनुसार नेपालले अदालतसमक्ष आफ्नो बयान दिनेछन्।

कानुनी स्रोतका अनुसार, बुधबारदेखि सुरु हुने बयान छोटो समयमा सक्ने रणनीति बनाइएको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ, जहाँ नेपाल पक्षले उनलाई साधारण तारेखमा छाडेर मुद्दा अघि बढाउनुपर्ने माग गर्नेछ। उता सरकारी पक्षले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्रीलाई थुनामा राख्नुपर्ने माग गर्नेछ।

गत जेठ २२ गते अख्तियारले पतञ्जलि प्रकरणमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आरोपअनुसार, पतञ्जलि योगपीठले काभ्रेपलाञ्चोकमा आयुर्वेद अस्पताल र जडीबुटी फार्म स्थापनाका लागि हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न तत्कालीन नेपाल नेतृत्वको मन्त्रिपरिषद्बाट स्वीकृति लिएको थियो। तर, केही समयमै ती जग्गा निजी स्वामित्वमा बिक्री गरिएको पाइएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।

प्रचलित कानुनअनुसार, हदबन्दी छुटमा किनेको जग्गा उत्पादनमूलक प्रयोजनबाहेक अन्यत्र बिक्री गर्न पाइँदैन। साथै, यस्तो कम्पनी विघटन भएमा जग्गा पुनः सरकारले फिर्ता लिन सक्ने व्यवस्था छ। तर, त्यसबेला मन्त्रिपरिषद्बाट नै बिक्रीको अनुमति दिइएपछि पूर्वप्रधानमन्त्री नेपालमाथि जिम्मेवारी तोकिएको हो।

अब अदालतको प्रक्रिया सुरु हुने क्रममा राजनीतिक रूपमा समेत संवेदनशील मानिएको यो मुद्दाले थप बहस सिर्जना गर्ने देखिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...