नेभिगेशन
समाज

बजेट ल्याउन सहजीकरण गरिदिन आग्रह गर्दै तर्जुमा समितिले लेख्यो बालेनलाई पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गतको बजेट तथा कार्यक्रम तर्जुमा समितिले मेयर बालेन शाहलाई ध्यानाकर्षण पत्र बुझाएको छ । निर्धारित सयममा महानगरको बजेट नआएको भन्दै समितिले मेयर शाहलाई ध्यानाकर्षण गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार पत्राचार गर्दै समितिका सदस्य सचिव सुमित्रा लामिछाने सुवेदीले मेयर शाहलाई स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक सम्पन्न गरी समितिको काम कारबाहीमा सहजीकरण गरिदिन आग्रह गरेकी छिन् । ‘ऐनको दफा ६६ बमोजिम प्रमुखज्युको संयोजकत्वमा गठन भएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको आयको प्रक्षेपण र वितरणको खाका र बजेट सीमामा आधारिकत भई दफा ६७ बमोजिमको यस बजेट तथा कार्यक्रम तर्जुमा समितिले महानगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न सक्ने भएको हुँदा दफा ६६ बमोजिमको स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक सम्पन्न गरी यस समितिको काम कारबाहीमा सहजीकरण गरिदिनका लागि स्रोत तथा बजेट निर्धारण समितिका संयोजक रहनुभएका श्रीमान् प्रमुखज्यूको ध्यानाकर्षण गर्दै प्रस्तुत निर्णयको जानकारी गराउने निर्णय गर्दछौँ,’ पत्रमा भनिएको छ।

Ncell
Extreme Energy

स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षको बजेट असार १० गतेसम्म पेश गर्नुपर्ने कानुनी म्याद पुग्दा पनि देशकै ठूलो काठमाडौं महानगरपालिकाले समयमै बजेट ल्याउन असफल भएको छ । महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ काठमाडौँ भ्यू टावरको नक्सा पास गराउने प्रक्रियामा अनियमितता गरेको भन्दै उनीसँग बैठक राख्न अनिच्छुक छन् । सुरुमा निलम्बन गरिएका उनलाई उपप्रमुख सुनिता डंगोलसहित वडाध्यक्ष र कर्मचारीको समूहले बलजफ्ती कार्यालय प्रवेश गराएका थिए । 

जबरजस्ती उनलाई कार्यालयमा हाजिर गराएपनि मेयर शाहले नगर सभाको बैठक नबोलाउँदा बजेट प्रस्तुत गर्ने प्रक्रिया अगाडि नबढेको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगरसभाको सदस्य सचिव रहेका कारण उनीसहितको बैठक गर्न बालेन अनिच्छुक देखिँदा बजेट प्रक्रिया नै अन्यौल भएको थियो । यद्यपि मेयर शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक असार ४ गते राख्न सहमत भएपनि अन्तिम समयमा उक्त बैठक समेत बस्न सकेको थिएन । बैठक बस्न नसक्दा सो प्रक्रिया नै रोकिएको थियो । 

काठमाडौँ महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसक्दा असार १० गतेभित्र आउनुपर्ने बजेट आउन सकेको छैन । 
समयमा बजेट नआएको भन्दै बजेट तथा कार्यक्रम तर्जुमा समितिले बजेट ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क विद्युत् उपलब्ध गराउने तयारी गरेको छ ।
भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।
बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल संरक्षणदेखि दीर्घकालीन स्याहार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको व्यवस्था सुनिश्चित गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा...
हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ ।