नेभिगेशन
समाज

बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

काठमाडौँ । बलात्कार मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका व्यक्तिसँग प्रहरी क्वार्टरमा पार्टी गरिएको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्न आवश्यक निर्देशन दिएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति रामहरि खतिवडाले उक्त घटनाप्रति प्रश्न उठाएपछि आईजीपी थापाले आफूले उक्त घटनाबारे जानकारी पाएको बताए। उनले मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजीलाई छानबिन गर्न निर्देशन दिएको जानकारी दिए। ‘डिएसपीको क्वार्टरको उक्त तस्बिर अगाडिकै रहेछ। पत्रिकामा आज निस्केको हो। त्यस सन्दर्भमा मैले मधेस प्रदेशका डिआइजीलाई छानबिनको लागि के भएको हेर्नु भनेको छु।,’ उनले भने।

Ncell
Extreme Energy

उक्त घटनाबारे छानबिन गर्न एसपी नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदी जानकारी दिए । 
के हो घटना ?
राजविराज नगरपालिका–६ का आकाश आदर्शले जबर्जस्ती करणी मुद्दामा गत जेठ ४ गते जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका थिए। त्यसको भोलिपल्टै उनी प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन मनाउने पार्टीमा सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो। उक्त विषयबारे बुधबार नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको थियो ।

उक्त समाचारमा उक्त पार्टी जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा आयोजना गरिएको थियो। मुद्दा छानबिनमा संलग्न प्रहरी निरीक्षक श्रेष्ठको बर्थडे पार्टीमा सहभागी आरोपीको उपस्थिति प्रति चौतर्फी आलोचना भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...