नेभिगेशन
मुख्य समाचार

बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

काठमाडौँ । बलात्कार मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका व्यक्तिसँग प्रहरी क्वार्टरमा पार्टी गरिएको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्न आवश्यक निर्देशन दिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति रामहरि खतिवडाले उक्त घटनाप्रति प्रश्न उठाएपछि आईजीपी थापाले आफूले उक्त घटनाबारे जानकारी पाएको बताए। उनले मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजीलाई छानबिन गर्न निर्देशन दिएको जानकारी दिए। ‘डिएसपीको क्वार्टरको उक्त तस्बिर अगाडिकै रहेछ। पत्रिकामा आज निस्केको हो। त्यस सन्दर्भमा मैले मधेस प्रदेशका डिआइजीलाई छानबिनको लागि के भएको हेर्नु भनेको छु।,’ उनले भने।

उक्त घटनाबारे छानबिन गर्न एसपी नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदी जानकारी दिए । 
के हो घटना ?
राजविराज नगरपालिका–६ का आकाश आदर्शले जबर्जस्ती करणी मुद्दामा गत जेठ ४ गते जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका थिए। त्यसको भोलिपल्टै उनी प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन मनाउने पार्टीमा सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो। उक्त विषयबारे बुधबार नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको थियो ।

उक्त समाचारमा उक्त पार्टी जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा आयोजना गरिएको थियो। मुद्दा छानबिनमा संलग्न प्रहरी निरीक्षक श्रेष्ठको बर्थडे पार्टीमा सहभागी आरोपीको उपस्थिति प्रति चौतर्फी आलोचना भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...