नेभिगेशन
समाज

विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई कृषि समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाढीपहिरो डुबानलगायत मौसमजन्य उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्राकृतिक प्रकोपबाट उच्च जोखिममा रहेका क्षेत्रहरु पहिचान गरि पूर्व सूचना प्रणाली सुदृढीकरण गराई विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो । स्थानीय र प्रदेश तहमा सहकार्य गरि प्रभावकारी कार्ययोजना निर्माण गरि प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न गृह, रक्षा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिए ।

Ncell
Extreme Energy

विगतका वर्षहरूमा भएको विपद्को मूल्याङ्कन गरी सिकाइका आधारमा प्रभावकारी जोखिम नियन्त्रण न्यूनीकरण तथा उद्धारका कार्यहरु समयमा नै गर्न सक्ने गरी पूर्वतयारी रहन समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सूचना प्रणाली सुदृढ गरी समन्वयात्मक रुपमा कार्यसम्पादन गर्न तयार तथा उद्धार कार्यका लागि आवश्यक पर्ने तालिम प्राप्त जनशक्ति डोजर स्काभेटर, बेलिब्रिज जस्ता उपकरणहरूको समयमानै व्यवस्था गर्न समितिले निर्देशन दिएको सभापति थापाले बताए । 

बैठकले प्राकृतिक प्रकोपबाट क्षतिको सही पहिचान गरी उद्दार तथा राहत वितरण कार्यमा पीडित व्यक्ति प्रत्यक्ष लाभान्वित हुने गरी कडाइका साथ कार्यसम्पादन गर्ने व्यवस्था अवलम्बन गर्न गृहमन्त्रालय निर्देशन दिएको उनले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहेको जानकारी दिए । उनले प्रतिकार्यलाई प्रभावकारी बनाउन सवै प्रदेशलाई गोदाम घर हस्तान्तरण गरिसकेको उल्लेख गर्दै स्थानीय तहसँग पनि आवश्यक समन्वय भइरहेको धारणा राखे । 

बैठकमा समिति सदस्यहरुले मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि सरकारले हरेक बर्ष तयारी गरेपनि क्षति भने बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । बैठकले मनसुनको अवस्थाबारे जानकारी दिन हाल प्रयोग गर्दै आएको एसएमएस प्रणालीलाई भरपर्दो र प्रभावकारी बनाउन समेत सरकारलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।
रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।

भर्खरै