नेभिगेशन
समाज

श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच श्रममन्त्री शरत सिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेका हुन्  । श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी श्रम सञ्चार एप ल्याइएको श्रम मन्त्रालयले जनाएको छ ।

Ncell
Extreme Energy

एपमा विदेशमा रहेका नेपालीहरुले आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुने श्रममन्त्री भण्डारीले जानकारी दिए । 

एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहत प्रदान गर्ने उनको भनाइ छ । 

त्यस्तै परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरु सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासाहरु आउने गरेको भन्दै एप सञ्चालनमा आएसंगै यसबाट प्राप्त विवरणका आधारमा कन्सुलर सेवा प्रदान गर्न सहज हुने बताइन् । 

साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरुलाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गरिने उनले बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
रलानाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

रलानाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।