नेभिगेशन
समाज

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

प्रहरीले उनलाई अन्य साथीभन्दा पर लान्छन् र भन्छन्, ‘तपाईले मोटरसाइकलमा लागुऔषधको ओसारपसार गर्नुभएको छ भन्ने सूचना आएको छ । सिटको चाबी खोलेर देखाइदिनुहोला ।’

सिराहा । जेठ २७ गते मंगलबार, साँझ ७ बजे ।  सिरहाको गोलबजार चोक गुञ्जयमान थियो । प्रत्येक मंगलबार सो स्थानमा बजार लाग्ने भएकाले मानिसहरु किनमेलका लागि निस्किएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अरुजस्तै गोलबजार नजिकै घर भएका श्याम शाह समेत मोटरसाइकल लिएर पान खानका लागि चोक पुगेका थिए । पान पसलको पारिपट्टि मोटरसाइकल पार्क गरेर पान खाइरहेका थिए । उनीसँगै उनकी श्रीमति समेत किनमेलका लागि बजार आएकी थिइन् । 

Ncell
Extreme Energy

पान खाएर उनले श्रीमतिको किनमेल सक्काएर उक्त मोटरसाइकलमै घर छोडिदिए र पुनः उक्त पान पसलमै आएर साथीहरुसँग गफगाफ गर्न थाले । 
सोही समयमा प्रहरीको एउटा गाडि उनीहरु बसिरहेकै ठाउँमा आएर रोक्कियो । करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । 

श्यामले उक्त मोटरसाइकल आफ्नो भएको बताएपछि प्रहरीले उनलाई अन्य साथीभन्दा पर लान्छन् र भन्छन्, ‘तपाईले मोटरसाइकलमा लागुऔषधको ओसारपसार गर्नुभएको छ भन्ने सूचना आएको छ । सिटको चाबी खोलेर देखाइदिनुहोला ।’ 

उक्त भनाई सत्य नभएको भन्दै श्यामले प्रहरीलाई आफूले त्यस्तो केही नगरेको र प्रहरीले चेकजाँच गर्न सक्ने भन्दै चाबी थमाउँछन् । 
प्रहरीले मोटरसाइकलको सिट खोल्न नसकेपछि उनलाई नै सिट खोल्न भनिन्छ । प्रहरीले भनेपछि सिट खोलेका उनको मोटरसाइकलको सिटको बिच भागमा सानो पोको पारेर राखेको लागुऔषध भेटिन्छ । 

श्यामको होसहवास् उड्छ । प्रहरीलाई सो वस्तु आफूले नराखेको भन्दै उनले अनुरोध गर्छन् । तर प्रहरीले उनलाई अनुसन्धान गर्न भन्दै इलाका प्रहरी कार्यालय, गोलबजार पुर्याउँछ ।

उनलाई पक्राउ गरेर गएको आधा घण्टामै प्रहरीले सो स्थानको सिसिटिभी चेक गर्दा उनको मोटरसाइकलमा कसैले उक्त लागु औषध राखिदिएको देखिन्छ । 

उक्त सिसिटिभी फुटेजमा साँझको ७ बजेर १५ मिनेट जाँदा श्यामको रोकेर राखिएको रातो मोटरसाइकलमा एक युवकले उक्त लागुऔषध राखेको देखिन्छ । 

अरु नै व्यक्तिले षडयन्त्र गरेको देख्दा देख्दै पनि प्रहरीले अनुसन्धान गर्न भन्दै श्यामलाई २ दिनसम्म हिरासतमा राख्छ । यसरी आफूले गर्दै नगरेको कसुरमा पनि आफूलाई फसाइएको उनको गुनासो छ । 

प्रहरीकै भुमिका शंकास्पद !
सिसिटिभी क्यामेरामा समेत एक व्यक्तिले मोटरसाइकलमा लागुऔषध राखिदिएको भिडियो फेला पार्दा समेत प्रहरीले ती व्यक्तिलाई हालसम्म पक्राउ गर्न सकेको छैन । 

उनी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विरेन्द्र कुमार पासवान बताउँछन् । उनी भन्छन्, ‘ती व्यक्तिको खोजीकार्य जारी छ । अनुसन्धान गरिरहेका छौँ ।’

त्यसो त श्याम शाहको मोटरसाइकलमा लागुऔषध भएको विषय प्रहरीको आफ्नै अनुसन्धानले भने थाहा पाएको हैन । उक्त सूचना गोलबजारकै एक स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजारमा जानकारी गराएका थिए । 

त्यतिमात्रै हैन, ती व्यक्तिले प्रहरीलाई श्याम शाहले श्रीमतिलाई घर लिएर गएको र मोटरसाइकल पुनः सोही ठाउँमा ल्याएर राखेको समेत प्रहरीलाई सूचना पुर्याएको पाइएको छ । सो विषयमा सबै जानकार रहेका ती व्यक्तिलाई प्रहरीले भने सामान्य सोधुपुछ गरेर छोडिदिएको छ । 

यकातर्फ मोटरसाइकलमा लागुऔषध राखिदिने व्यक्ति २ हप्तासम्म पक्राउ नपर्नु, अर्कातर्फ सो घटना देख्ने, प्रहरीलाई जानकारी दिने सबै प्रक्रियामा सामेल व्यक्तिलाई सामान्य सोधपुछ गरेर छाड्नुले प्रहरीको भुमिका शंकास्पद रहेको श्याम बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।
वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन, धितो सुन चोरीमा राहत नपाएको गुनासो

वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन, धितो सुन चोरीमा राहत नपाएको गुनासो

जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरुले सोमबार सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय...
आज अन्तरराष्ट्रिय योग दिवस, विविध कार्यक्रम गरी मनाइदैँ

आज अन्तरराष्ट्रिय योग दिवस, विविध कार्यक्रम गरी मनाइदैँ

अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१...
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरु)

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरु)

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन...