नेभिगेशन
समाज

कांग्रेस एकढिक्का भए आगामी निर्वाचनमा बहुमत आउँछ : देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी एकढिक्का भए आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउन सक्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार चितवनको नारायणगढमा प्रजातन्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानको शोक सभामा बोल्दै देउवाले मुलुकको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको भन्दै पार्टी एकढिक्का भए आगामी निर्वाचनमा बहुमत आउन सक्ने बताएका हुन् । 

Ncell
Extreme Energy

कुनै पनि पार्टीको एकल बहुमत नआएकै अन्य दलसंग मिल्नुपर्ने बाध्यता रहेको उनले बताए । सभापति देउवाले अहिलेको संविधान समाबेशी समानुपातिक रहेकाले यसलाई थप बलियो बनाउनुपर्ने धारणा राखे । उनले प्रजातन्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानले देखाएको बाटोमा पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाए । 

नेपाली कांग्रेस चितवनले आयोजना गरेको शोकसभामा काग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले नेपालमा प्रजातन्त्र पुनर्बहालीको लागि भएको आन्दोलनमा गौरीदेवी प्रधानले गरेको योगदानको स्मरण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
रलानाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

रलानाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।