नेभिगेशन
मुख्य समाचार

कांग्रेस एकढिक्का भए आगामी निर्वाचनमा बहुमत आउँछ : देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी एकढिक्का भए आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउन सक्ने बताएका छन् । 

शुक्रबार चितवनको नारायणगढमा प्रजातन्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानको शोक सभामा बोल्दै देउवाले मुलुकको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको भन्दै पार्टी एकढिक्का भए आगामी निर्वाचनमा बहुमत आउन सक्ने बताएका हुन् । 

CG

कुनै पनि पार्टीको एकल बहुमत नआएकै अन्य दलसंग मिल्नुपर्ने बाध्यता रहेको उनले बताए । सभापति देउवाले अहिलेको संविधान समाबेशी समानुपातिक रहेकाले यसलाई थप बलियो बनाउनुपर्ने धारणा राखे । उनले प्रजातन्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानले देखाएको बाटोमा पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाए । 

नेपाली कांग्रेस चितवनले आयोजना गरेको शोकसभामा काग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले नेपालमा प्रजातन्त्र पुनर्बहालीको लागि भएको आन्दोलनमा गौरीदेवी प्रधानले गरेको योगदानको स्मरण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
रास्वपाको समानुपातिक उम्मेदवार निर्वाचनमा युवा नेता मिलन लिम्बु

रास्वपाको समानुपातिक उम्मेदवार निर्वाचनमा युवा नेता मिलन लिम्बु

लिम्बूले पार्टीका सदस्य र समर्थकहरूलाई सम्बोधन गर्दै प्राइमरी निर्वाचन केवल व्यक्ति चयनको प्रक्रिया नभई पार्टीको भविष्य, विचार र यात्रालाई अघि बढाउने सहयात्री छनोट गर्ने महत्वपूर्ण अभ्यास भएको बताएका...
रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र...
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...