नेभिगेशन
मुख्य समाचार

निजि विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा समितिमा जुट्यो सहमति

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका विवादीत बिषयमा सहमति जुटाएको छ । 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले निजि विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा सहमति जुटाएको हो । बैठकले निजी विद्यालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी र गैरनाफामूलक बनाउने प्रस्तावमा सहमति जुटेको छ । निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने शिक्षा विधेयकको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको समिति सभापति अम्बर बहादुर थापाले जानकारी दिए । 

त्यस्तै प्रारम्भीक बाल बिकास शिक्षालाई दुई बर्षको बनाउने सहमति भएको छ । स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेगरि सहमति भएको सभापति थापाले जानकारी दिए । 

त्यस्तै ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्ने प्रावधान पारित भएको उनले बताए । 

हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद नलाग्ने , सेवा सुविधा स्थानीय तहले तोक्ने र बाल विकास सहजकर्ताका लागि कक्षा १२ उतिर्ण हुनुपर्ने लगाएतका प्रावधान विधेयकमा राखिएको छ । समितिको बैठक शनिबार पनि बोलाइएको छ । शनिबार नै उक्त विधेयक पारित गर्ने समितिको तयारी छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बारामा जेन–जी र एमालेका कार्यकर्ताबीचको तनाबले चुनाब बिथोलिने आशंका

बारामा जेन–जी र एमालेका कार्यकर्ताबीचको तनाबले चुनाब बिथोलिने आशंका

शंकर पोखरेल र महेश बस्नेत लगायतका नेताहरु बारा आउन लागेको थाहा पाएपछि स्थानीय युवाहरुले विरोध गर्ने बताएका थिए । उनीहरुले निवर्तमान हत्यारा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै बिहान...
एनपिएलः सुदूरपश्चिमको विजयी सुरूआत

एनपिएलः सुदूरपश्चिमको विजयी सुरूआत

जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई...
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छः प्रधानमन्त्री कार्की

लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले जवाफदेहिताका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई सशक्त बनाई सार्वजनिक निकायका कामकारबाहीको निष्पक्षतामाथि सूक्ष्म निगरानी गरिन लागेका बताउँदै ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ सुशासनमा मौन छौँ’ भन्ने नभएको...
तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सूचारु गर्नुपर्ने माग गर्दै युवाहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५०...

भर्खरै