नेभिगेशन
मुख्य समाचार

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष निकालको छ । 

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । 

CG

उनले षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको उल्लेख गरे । उनले प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास रहेको धारणा राखे । 

त्यस्तै उनले अध्यक्ष नेपालले पार्टी अध्यक्ष कै रुपमा काम गर्ने र संसदीय दलको नेताका बिषय भने दलको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए । 

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गाका बिषयमा विस्तृत रुपमा जानकारी गराएका थिए । बैठकले उखु किसान उत्पादकलाई दिदै आएको अनुदान बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

त्यस्तै धान रोपाइको समयमा मलको अभाव भएकाले यथासिघ्र मल बितरण गर्न माग गरेको छ भने मनसुनका समयमा हुन सक्ने बिपद्लाई ध्यान दिई प्रभावकारी तयारी गर्न सरकारसंग माग गरेको प्रवक्ता ज्वालाले बताए । बैठक पनि शनिबार निरन्तर चल्ने ज्वालाले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
रास्वपाको समानुपातिक उम्मेदवार निर्वाचनमा युवा नेता मिलन लिम्बु

रास्वपाको समानुपातिक उम्मेदवार निर्वाचनमा युवा नेता मिलन लिम्बु

लिम्बूले पार्टीका सदस्य र समर्थकहरूलाई सम्बोधन गर्दै प्राइमरी निर्वाचन केवल व्यक्ति चयनको प्रक्रिया नभई पार्टीको भविष्य, विचार र यात्रालाई अघि बढाउने सहयात्री छनोट गर्ने महत्वपूर्ण अभ्यास भएको बताएका...
रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र...
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...