नेभिगेशन
समाज

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष निकालको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । 

Ncell
Extreme Energy

उनले षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको उल्लेख गरे । उनले प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास रहेको धारणा राखे । 

त्यस्तै उनले अध्यक्ष नेपालले पार्टी अध्यक्ष कै रुपमा काम गर्ने र संसदीय दलको नेताका बिषय भने दलको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए । 

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गाका बिषयमा विस्तृत रुपमा जानकारी गराएका थिए । बैठकले उखु किसान उत्पादकलाई दिदै आएको अनुदान बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

त्यस्तै धान रोपाइको समयमा मलको अभाव भएकाले यथासिघ्र मल बितरण गर्न माग गरेको छ भने मनसुनका समयमा हुन सक्ने बिपद्लाई ध्यान दिई प्रभावकारी तयारी गर्न सरकारसंग माग गरेको प्रवक्ता ज्वालाले बताए । बैठक पनि शनिबार निरन्तर चल्ने ज्वालाले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।