नेभिगेशन
समाज

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेविरुद्ध साँधिएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानलाई तिब्र पारेको छ । लामिछाने पत्नी निकिता पौडेल हस्ताक्षर अभियानमा सहभागी हुन भोलि (शनिबार) चितवन जाने भएकी छिन् । उनले आफू हस्ताक्षर संकलनको लागि चितवन जान लागेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरो श्रीमान भन्नुहुन्छ, ‘चितवनमा देवता र देवताजस्ता मान्छे बस्छन्।’ देवभूमि चितवनबाट म आफ्नो श्रीमानको न्यायका लागि भोलि हस्ताक्षर अभियानमा सहभागी हुँदै छु। कुनै समय थियो– जस्तो दुःख, आपत्, अन्यायमा परे पनि देशका कुना–काप्चादेखि विदेशबाट समेत तपाईँहरू रवि लामिछानेलाई सम्झनुहुन्थ्यो। उहाँले पनि सक्दो गर्नुभएकै हो। आज स्वयं रवि लामिछानेमाथि चरम अन्याय भएको छ। त्यसविरुद्ध आवाज उठाउने पालो अब चाहिँ तपाईंहरूको ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाईन प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर प्राप्त भएको छ । जसलाई डाटाबेसमा एकत्रित गर्न भ्याइएको छैन । 

Ncell
Extreme Energy

पार्टीले हस्ताक्षर अभियानको लागि काठमाडौँ उपत्यकामा मात्रै १४ ठाउँमा डेक्स सञ्चालन गरेको छ । काठमाडौँको कलंकीबाट उक्त डेस्कको शुभारम्भ गरिएको हो । पार्टीले हस्ताक्षर अभियानमा सहजीकरणका लागि अनलाईन मार्फत पनि व्यवस्था गरेको छ । 

पार्टीको वेबसाइटबाट हस्ताक्षर फाराम डाउनलोड गरी त्यसमा उल्लेख गरिएका विवरण भरेर उक्त फाराम मेल वा ह्वाट्सएपमार्फत पठाउन सकिने पार्टी सचिवालयले जनाएको छ । त्यस्तै सभापति रवि लामिछानेको अपील र हस्ताक्षर फारम लिएर रास्वपाका सदस्यहरु नागरिकको घर तथा टोलमा समेत पुग्ने बताइएको छ । 

रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, राजनीतिक प्रतिशोध र राज्यले गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पुर्याउन हस्ताक्षर अभियान सञ्चालन गरेको रास्वपाले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।