नेभिगेशन
मुख्य समाचार

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेविरुद्ध साँधिएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानलाई तिब्र पारेको छ । लामिछाने पत्नी निकिता पौडेल हस्ताक्षर अभियानमा सहभागी हुन भोलि (शनिबार) चितवन जाने भएकी छिन् । उनले आफू हस्ताक्षर संकलनको लागि चितवन जान लागेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरो श्रीमान भन्नुहुन्छ, ‘चितवनमा देवता र देवताजस्ता मान्छे बस्छन्।’ देवभूमि चितवनबाट म आफ्नो श्रीमानको न्यायका लागि भोलि हस्ताक्षर अभियानमा सहभागी हुँदै छु। कुनै समय थियो– जस्तो दुःख, आपत्, अन्यायमा परे पनि देशका कुना–काप्चादेखि विदेशबाट समेत तपाईँहरू रवि लामिछानेलाई सम्झनुहुन्थ्यो। उहाँले पनि सक्दो गर्नुभएकै हो। आज स्वयं रवि लामिछानेमाथि चरम अन्याय भएको छ। त्यसविरुद्ध आवाज उठाउने पालो अब चाहिँ तपाईंहरूको ।’

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाईन प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर प्राप्त भएको छ । जसलाई डाटाबेसमा एकत्रित गर्न भ्याइएको छैन । 

CG

पार्टीले हस्ताक्षर अभियानको लागि काठमाडौँ उपत्यकामा मात्रै १४ ठाउँमा डेक्स सञ्चालन गरेको छ । काठमाडौँको कलंकीबाट उक्त डेस्कको शुभारम्भ गरिएको हो । पार्टीले हस्ताक्षर अभियानमा सहजीकरणका लागि अनलाईन मार्फत पनि व्यवस्था गरेको छ । 

पार्टीको वेबसाइटबाट हस्ताक्षर फाराम डाउनलोड गरी त्यसमा उल्लेख गरिएका विवरण भरेर उक्त फाराम मेल वा ह्वाट्सएपमार्फत पठाउन सकिने पार्टी सचिवालयले जनाएको छ । त्यस्तै सभापति रवि लामिछानेको अपील र हस्ताक्षर फारम लिएर रास्वपाका सदस्यहरु नागरिकको घर तथा टोलमा समेत पुग्ने बताइएको छ । 

रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, राजनीतिक प्रतिशोध र राज्यले गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पुर्याउन हस्ताक्षर अभियान सञ्चालन गरेको रास्वपाले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
रास्वपाको समानुपातिक उम्मेदवार निर्वाचनमा युवा नेता मिलन लिम्बु

रास्वपाको समानुपातिक उम्मेदवार निर्वाचनमा युवा नेता मिलन लिम्बु

लिम्बूले पार्टीका सदस्य र समर्थकहरूलाई सम्बोधन गर्दै प्राइमरी निर्वाचन केवल व्यक्ति चयनको प्रक्रिया नभई पार्टीको भविष्य, विचार र यात्रालाई अघि बढाउने सहयात्री छनोट गर्ने महत्वपूर्ण अभ्यास भएको बताएका...
रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र...
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...