नेभिगेशन
मुख्य समाचार

एसइई परीक्षाको नतिजाः गणितमा सबैभन्दा बढी विद्यार्थी अनुतीर्ण, साउन २९ देखि पूरक परीक्षा हुने

भक्तपुर, १३ असारः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज  नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए ।

परीक्षामा दुई लाख ७१ हजार २९९ परीक्षार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएका छ्न् । जसमध्ये ३.६ देखि ४ जीपीए अर्थात विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १७७ जना रहेका छन् । नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना,  २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने ८९ हजार १२४ जना, २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र २ जीपीएभन्दा कम ल्याउने ८ जना परीक्षार्थी रहेका छन् । 

नन् ग्रेडेड अर्थात परीक्षामा अनुतीर्ण हुने एक लाख ६७ हजार ५९७ परीक्षार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ । परीक्षामा सहभागिमध्ये १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।

सबैभन्दा बढी बागमतीमा, सबैभन्दा कम कर्णाली प्रदेशमा उत्तीर्ण 
परीक्षामा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट सबभन्दा बढी एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम ४६ हजार ४५५ विद्यार्थी उत्तीर्ण भएका छन् । 

त्यसैगरी कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ९७ हजार ६८७ जना र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएको बोर्डका अध्यक्ष डा शर्माले बताए ।

पर्रीक्षार्थी कोशी प्रदेशमा २३ हजार ६३१ जना, मधेस प्रदेशमा ४२ हजार ७७९ जना, वागमति प्रदेशबाट २० हजार ९४६, गण्डकी प्रदेशबाट ११ हजार ३२८, लुम्बिनी प्रदेशबाट २८ हजार २७४ जना कर्णाली प्रदेशबाट १३ हजार ७६५ जना र सुदुरपश्चिम प्रदेशबाट २६ हजार ८७६ जना परीक्षार्थी उनुत्तीर्ण भएका छन् ।

प्रधानमन्त्रीद्वारा खुुसी व्यक्त 
एसईइको नतिजा गत वर्षभन्दा यस वर्ष नतिजामा सुधार भएर आएको छ । बोर्डका अध्यक्ष डा शर्माले विगतका वर्षमा भन्दा यसवर्ष नतिजामा सुधार आएको बताउदै  गतवर्ष अर्थात २०८० सालको एसइईको नतिजामा ४७ दशमलव ८६ प्रतिशत मात्रै उत्तीर्ण भएकोमा यसवर्ष २०८१ कोे नतिजामा १३.९५ प्रतिशतले सुधार भएर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए। नतिजा प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गर्दै उत्तीर्ण विद्यार्थीलई शुभकामा व्यक्त गरे ।

गणित विषयमा सबैभन्दा बढी विद्यार्थी अनुतीर्ण
एसइईका आज सार्वजनिक भएको नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा शर्माले यसवर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएको बताए ।

समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद् भएको छ । विद्यार्थीलाई अंग्रेजी विषय पनि उस्तै गाह्रो भएको उनले बताए । अंग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिकमा ५३ हजार १८६ जना र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको उनले बताए।

बोर्डका अनुसार, ऐच्छिक विषयमा पनि धेरै विद्यार्थी एनजीमा परेका छन् । ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० विद्यार्थी ननग्रेडिङमा परेका छन् । त्यस्तै ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी असफल भएका छन् ।

पूरक परीक्षाको मिति तय
    एसइईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । बिहीबारदेखि हुने र तालिका पछि प्रकाशित गर्ने बताए । 
विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुन परीक्षण गर्न सकिने उनले जानकारी दिए ।। यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने भएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा
    परीक्षार्थीका लागि नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरि प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा हेर्न सक्ने व्यवस्था गरेको जानकारी दिए ।

    एसएमएसका लागि ३५००१, ३१००३, १६००, ३५००१ र ३४४९४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १०को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । एमएमएस बक्समा NEB  टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरेर सेण्ड गर्न सकिन्छ । त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

    वेबसाइट /एपबाट नतिजा हेर्ने विकल्प वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न साझेदार संस्थाको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइट यसप्रकार छन्ः नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE  SYMBOL NUMBER टाइप गरेर १६०० मा पठाउन सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बतासेडाँडाबाट खुलेको हिमाली संसार (तस्बिरहरु)

बतासेडाँडाबाट खुलेको हिमाली संसार (तस्बिरहरु)

पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमालस त्यसपछि धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन्। मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि...
सुनको मूल्यमा सामान्य गिरावट, बिहीबारको तुलनामा प्रतितोला ५०० घट्यो

सुनको मूल्यमा सामान्य गिरावट, बिहीबारको तुलनामा प्रतितोला ५०० घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा...
जेनजी आन्दोलनमा फाइल जलेपछि पीडित तथा निवेदकसँग रहेका कागजपत्र उपलब्ध गराइदिन प्रहरीको अनुरोध

जेनजी आन्दोलनमा फाइल जलेपछि पीडित तथा निवेदकसँग रहेका कागजपत्र उपलब्ध गराइदिन प्रहरीको अनुरोध

भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ...
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।