नेभिगेशन
समाज

नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

ललितपुर । देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी र पहिरोका घटना फेरि दोहोरिन थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष गत वर्षभन्दा अझ बढी वर्षा हुने पूर्वानुमान गरिएको छ। गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षाले राजधानीसहित देशभर व्यापक क्षति पुर्‍याएको थियो। त्यो विपत्ति बिर्सन नपाउँदै फेरि यस्तै अवस्था देखिन थालेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको गोदावरी नगरपालिका–६ अन्तर्गत ढुङ्गे, जुरे डाँडा, नयाँ बस्ती, गैरी गाउँ र टुसाल गाउँका बासिन्दा अहिले पनि बाढीको त्रासमा दिनरात कटाइरहेका छन्। गत असोजमा नल्लु खोलामा आएको भीषण बाढीले ढुङ्गे गाउँलाई बगरमा परिणत गर्‍यो, जबकि गैरी गाउँ र टुसालका केही घर नल्लु खोलासँगै बगे।

Ncell
Extreme Energy

तर, यति ठूलो विपत्तिपछि पनि न स्थानीय सरकार न संघीय सरकारको नजर त्यहाँ पुग्यो। केही गैरसरकारी संस्थाले राहतस्वरूप जस्ता र खाद्यान्न वितरण गरे तापनि वडास्तर वा नगरपालिकाबाट कुनै ठोस सहयोग नपाएको स्थानीयको गुनासो छ।

नीता नगरकोटी त्यो विपत्तिमा घर, पसल सबै गुमाएकी महिला हुन्। अहिले उनी क्रसर उद्योगमा ढुङ्गा बटुल्ने काम गर्छिन्। गैरसरकारी संस्थाले दिएको जस्ताले अर्काको जग्गामा अस्थायी टहरा बनाएकी उनले नगरपालिकाले आश्वासन त धेरै दिएको तर व्यवहारमा केही नगरेको गुनासो गरिन्।

त्यस्तै, ठूली नगरकोटी पनि बाढीबाट घर गुमाएर सिखर्पा गाउँमा भाडाको टहरामा बस्दैछिन्। श्रीमान गुमाइसकेकी उनी अहिले क्रसरमै मजदुरी गर्छिन्। नगरपालिकाले १० वर्षसम्म भाडा तिर्ने वाचा गरे पनि अहिले त्यसको कुनै पछिपछि छैन।

प्राकृतिक विपत्तिको जरा : अवैध उत्खनन र योजनाविहीन विकास
स्थानीयहरूका अनुसार दशकौंदेखि सञ्चालनमा रहेका अवैध क्रसर उद्योग र नल्लु खोलासम्म पुग्ने नाममा गरिएको योजनाविहीन सडक निर्माणले बाढी निम्त्याएको हो। सडक निर्माण तथा खोलाको प्राकृतिक बहावमा हस्तक्षेपका कारण खोलाले धार नै परिवर्तन गर्‍यो।

राजकुमार नगरकोटीका अनुसार, बाढीले ढुङ्गेमा रहेको उनको ५ वटा भैँसीसमेत बगायो। उनका अनुसार अहिले पनि राति निदाउन गाह्रो छ—कुन बेला खोलाले बाँकी बचेको पनि बगाउँछ भन्ने डरले।

सरकारी मौनता र स्थानीयको माग
स्थानीयहरूले खोलालाई पुरानो धारमा फर्काउन तारजाली लगाउने माग गरेका छन्। तर वडा कार्यालयको जवाफले उनीहरूलाई थप निराश बनाएको छ। वडाले "खोलाको मापदण्ड नतोकिएसम्म कुनै संरचना बनाउन नमिल्ने" भन्दै हात उठाएको छ।

टिकाभैरव क्षेत्रमा पनि त्यही बाढीले ठूलो क्षति पुर्‍याएको छ। प्रसिद्ध टीकाभैरव मन्दिर जीर्ण बनेको छ भने किसानको खेत कटान भएको छ।

सरकारको खोक्रो प्रतिबद्धता?
प्रत्येक वर्ष सरकार तथा विभिन्न निकायहरूबाट विपद् न्यूनीकरण र राहतको कुरा गरिन्छ। तर वास्तविक पीडितहरू अझै अलपत्र छन्। राजधानीसँगै जोडिएको क्षेत्रसम्म सरकारले ध्यान नपुर्‍याउनु भनेको, स्थानीयका लागि सरकार नभएको जस्तै हो।

सार्वजनिक रूपमा घोषणा गरिएका योजना र राहतहरू प्रभावितहरूका लागि केवल आश्वासन बनेका छन्। विपत्तिका घाउहरू अझै ताजा छन्, तर उपचार गर्ने सरकार अझै हराइरहेको छ।

 

15_Gairi-Gaun-village_Godawari-Municipality_-(1)-1751079550.jpg

6_Thuli-Nagarkoti_Local-of-Dhunge-Village_AB_4486-1751079503.jpg

2_Dhunge-Village_Damaged-House_AB_4444-1751079493.jpg

1_Gairi-Gaun_NPL_AB_4442-1751079493.jpg

3_Dhunge-Village-Area_AB_4473-1751079497.jpg

4_Dhunge-Village-Area_AB_4473-1751079499.jpg

5_Gairi-Gaun_Tushal-Gaun-Area_AB_4494-1751079502.jpg

7_Tika-Bhairav-Mandir_AB_4506-1751079508.jpg

8_Tika-Bhairav_AB_4511-1751079509.jpg

9_Jure-Danda_Naya-Basti_AB_4511-(1)-1751079513.jpg

13_Jure-Danda_Naya-Basti_AB_4511-1751079530.jpg

11_Jure-Danda_Naya-Basti_AB_4511-1751079522.jpg

10_Jure-Danda_Naya-Basti_AB_4511-1751079521.jpg

9_Jure-Danda_Naya-Basti_AB_4511-1751079515.jpg

12_Gairi-Gaun_NPL_AB_4442-1751079530.jpg

14_Nallu-River-Area_AB_4511-1751079540.jpg

14_Nallu-River-Area_AB_4511-(1)-1751079540.jpg

17_Gairi-Gaun-village_Godawari-Municipality_-(4)-1751079550.jpg

18_Tika-Bhairav-Mandir_AB_4506-1751079562.jpg

19_Bina-Nagarkoti_Local-of-Dhunge-Village_AB_4486-1751079563.jpg

20_Nita-Nagarkoti_Local-of-Dhunge_AB_4468-1751079578.jpg

20_Nita-Nagarkoti_Local-of-Dhunge_AB_4468-1751079578.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् । ‘देउवाको स्वागतमा कम्तीमा ५ हजार हाराहारीमा नेता कार्यकर्ताको सहभागिता रहने छ’ युवा तथा विद्यार्थी नेताहरुसँग समन्वय...