नेभिगेशन
मुख्य समाचार

संसद्मा प्रधानमन्त्री बोल्न थाले, रास्वपा र राप्रपाका सांसदहरू बहिष्कार गरेर निस्किए

काठमाडौँ । रास्वपा र राप्रपाका सांसदहरूले आज पनि संसद्मा अवरोध कायम राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउन रोष्टममा उक्लिएपछि भने रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका छन् । 

 आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर बिरोध जनाएका थिए  । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर बिरोध जनाएका थिए ।

    त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराएका थिए । सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा बनाइएको छानविन समिति लौर न हतियार भएको टिप्पणी गरे भने  राप्रपा सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले आफूलाई जोगाउने तरिकाले छानबिन समिति बनाएको बताएकी थिइन् । 
    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरु बैठक छाडेर बाहिरिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बतासेडाँडाबाट खुलेको हिमाली संसार (तस्बिरहरु)

बतासेडाँडाबाट खुलेको हिमाली संसार (तस्बिरहरु)

पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमालस त्यसपछि धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन्। मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि...
सुनको मूल्यमा सामान्य गिरावट, बिहीबारको तुलनामा प्रतितोला ५०० घट्यो

सुनको मूल्यमा सामान्य गिरावट, बिहीबारको तुलनामा प्रतितोला ५०० घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा...
जेनजी आन्दोलनमा फाइल जलेपछि पीडित तथा निवेदकसँग रहेका कागजपत्र उपलब्ध गराइदिन प्रहरीको अनुरोध

जेनजी आन्दोलनमा फाइल जलेपछि पीडित तथा निवेदकसँग रहेका कागजपत्र उपलब्ध गराइदिन प्रहरीको अनुरोध

भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ...
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।