नेभिगेशन
समाज

रबि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध पाँचखालमा हस्ताक्षर संकलन

काभ्रेपलाञ्चोक । रास्वपा पाँचखाल नगर समितिले पार्टी सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन गरेको छ । समितिले काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर स्थित समाजकल्याण चोकमा डेक्स स्थापना गरी हस्ताक्षर संकलन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्येक दिन बिहान ७ बजेबाट बेलुका ६ बजेसम्म हस्ताक्षर अभियानको डेस्क सञ्चालनमा रहने उक्त अभियानका सदस्य तुलसी प्रसाद न्यौपानले जानकारी दिए । पाँचखालमा एकै दिनमा हजार बढी हस्ताक्षर संकलन भएको उनको भनाई छ । उनका अर्को डेस्क थप्ने तयारी भईरहेको छ भने सभापति रवि लामिछानेको अपिल र हस्ताक्षर फाराम भरेर घर घर जाने कार्यक्रम पनि रहेको छ । 

Ncell
Extreme Energy

रास्वपाले सभापति रवि लामिछानेविरुद्ध साँधिएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानलाई तिब्र पारेको छ । 

पार्टीले आजबाट काठमाडौँमा पनि घरदैलो पदयात्रा सुरु गरेको छ । काठमाडौँ  जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।

न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुन्धारा, लगन इन्द्रचोक क्षेत्रमा घरदैलो गरेको हो । 

त्यस्तै चितवनमा पनि हस्ताक्षर अभियान चलाइएको छ । उक्त अभियानमा रवि लामिछाने पत्नी निकिता पौडेल पनि सहभागी भएकी छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

आज उनै मिरा कांग्रेस राजनीतिमा नेतृत्वको तरखर गर्दैछिन् । र, कोशी प्रदेशबाट युवा महिला कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।
कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

पाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।