नेभिगेशन
समाज

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिने समेत उल्लेख गरे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसइईको नतिजामा सुधार ल्याउन मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दे उनले भने, “धेरै वर्षपछि एसइईको नतिजामा सुधार देखिनु खुसीको अवसर हो, ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो ।”

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मेहनतलाई अपमान नगर्न आग्रह गरे। “केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ”, उनले भने । 

प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्मा सरकारले प्राथमिकता राखेको समेत उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारले तयारी गरिरहेको बताए । “नेपाल प्राकृतिक प्रकोपले जोखिमयुक्त देश हो । मनसुनको समयमा कहाँ कति बेला क्षति पु¥याउन सक्छ आकलन गर्न सकिँदैन । यद्यपि हामीले राहत र उद्धारको पूर्व तयारी गरिरहेका छौँ”, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...