नेभिगेशन
मुख्य समाचार

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिने समेत उल्लेख गरे ।  

एसइईको नतिजामा सुधार ल्याउन मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दे उनले भने, “धेरै वर्षपछि एसइईको नतिजामा सुधार देखिनु खुसीको अवसर हो, ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो ।”

प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मेहनतलाई अपमान नगर्न आग्रह गरे। “केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ”, उनले भने । 

प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्मा सरकारले प्राथमिकता राखेको समेत उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारले तयारी गरिरहेको बताए । “नेपाल प्राकृतिक प्रकोपले जोखिमयुक्त देश हो । मनसुनको समयमा कहाँ कति बेला क्षति पु¥याउन सक्छ आकलन गर्न सकिँदैन । यद्यपि हामीले राहत र उद्धारको पूर्व तयारी गरिरहेका छौँ”, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बारामा जेन–जी र एमालेका कार्यकर्ताबीचको तनाबले चुनाब बिथोलिने आशंका

बारामा जेन–जी र एमालेका कार्यकर्ताबीचको तनाबले चुनाब बिथोलिने आशंका

शंकर पोखरेल र महेश बस्नेत लगायतका नेताहरु बारा आउन लागेको थाहा पाएपछि स्थानीय युवाहरुले विरोध गर्ने बताएका थिए । उनीहरुले निवर्तमान हत्यारा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै बिहान...
एनपिएलः सुदूरपश्चिमको विजयी सुरूआत

एनपिएलः सुदूरपश्चिमको विजयी सुरूआत

जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई...
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छः प्रधानमन्त्री कार्की

लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले जवाफदेहिताका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई सशक्त बनाई सार्वजनिक निकायका कामकारबाहीको निष्पक्षतामाथि सूक्ष्म निगरानी गरिन लागेका बताउँदै ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ सुशासनमा मौन छौँ’ भन्ने नभएको...
तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सूचारु गर्नुपर्ने माग गर्दै युवाहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५०...

भर्खरै