नेभिगेशन
मुख्य समाचार

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

काठमाडौँ । रास्वपाले सञ्चालन गरेको सभापति रवि लामिछानेविरुद्ध साँधिएकाे राजनितिक प्रतिशाेधविरुद्धकाे हस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐक्यबद्धता जनाएका छन् । भट्टराई रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर हस्ताक्षर गरेका हुन् । उनले ३ बजे रास्वपा कार्यालय पुगेर हस्ताक्षर गरेका हुन् । 

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन भईराखेको छ, यसले विधिको शासान भन्दा पनि अरु कुनै नियतले काम गरेको छ कि भन्ने शंका गर्ने प्रश्स्त आधार छ ।'

उनले आफू पनि गणतन्त्रको लागि लडेको व्यक्ति भएको र अदालतले तथ्य प्रमाणसहित दोषी ठहर नगर्दासम्म उ निर्दोष सिद्धान्त रहेको रविको पक्षमा हस्ताक्षर गरेको बताए । उनले रवि लामिछानेमाथि देखिने गरी प्रतिशोध भएको गन्ध आएको पनि बताए । 

'राजनीतिक व्यक्तित्वमाथि देखिने गरी प्रतिशोध भएको जुन गन्ध आउँ यो ठिक भएन भनेर म नयाँ वैकल्पिक शक्तिको रुपमा उदयमान भइराखेको रास्वापाका नेता मेरा मित्र पनि हुनुहुन्छ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न यहाँ आएको हुँ ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी सुशासन योद्धाका आमा भन्छिन्ः ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

जेनजी सुशासन योद्धाका आमा भन्छिन्ः ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो ।...
कर्णालीमा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन

कर्णालीमा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन

कार्यक्रमअन्तर्गत पहिलो चरण मंगलबार र बुधबार दुइदिन सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरूमा उक्त कार्यक्रम सञ्चालन भएको हो । कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख डा श्यामकृष्ण लौडारीका अनुसार गणमा कार्यरत...
तोलामा दुइ हजार एक सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा दुइ हजार एक सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छ, भने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५...
यस्ता छन् मेलम्ची खानेपानी आयोजनामा गरिएको अवरोध खुलाउन भएको सहमति

यस्ता छन् मेलम्ची खानेपानी आयोजनामा गरिएको अवरोध खुलाउन भएको सहमति

सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ...