नेभिगेशन
समाज

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

काठमाडौँ । रास्वपाले सञ्चालन गरेको सभापति रवि लामिछानेविरुद्ध साँधिएकाे राजनितिक प्रतिशाेधविरुद्धकाे हस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐक्यबद्धता जनाएका छन् । भट्टराई रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर हस्ताक्षर गरेका हुन् । उनले ३ बजे रास्वपा कार्यालय पुगेर हस्ताक्षर गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन भईराखेको छ, यसले विधिको शासान भन्दा पनि अरु कुनै नियतले काम गरेको छ कि भन्ने शंका गर्ने प्रश्स्त आधार छ ।'

Ncell
Extreme Energy

उनले आफू पनि गणतन्त्रको लागि लडेको व्यक्ति भएको र अदालतले तथ्य प्रमाणसहित दोषी ठहर नगर्दासम्म उ निर्दोष सिद्धान्त रहेको रविको पक्षमा हस्ताक्षर गरेको बताए । उनले रवि लामिछानेमाथि देखिने गरी प्रतिशोध भएको गन्ध आएको पनि बताए । 

'राजनीतिक व्यक्तित्वमाथि देखिने गरी प्रतिशोध भएको जुन गन्ध आउँ यो ठिक भएन भनेर म नयाँ वैकल्पिक शक्तिको रुपमा उदयमान भइराखेको रास्वापाका नेता मेरा मित्र पनि हुनुहुन्छ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न यहाँ आएको हुँ ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...