नेभिगेशन
मुख्य समाचार

एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

काठमाडाैँ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति गरेको छ।

शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसअनुसार अब परीक्षा प्रदेशमै सञ्चालन हुनेगरी सहमति जुटेको हो। समितिले प्रदेशले बोर्डसँग समन्वय गरी परीक्षा सञ्चालन गर्ने प्रावधानसहित विधेयक अघि बढाउने निर्णय गरेको छ।

पहिले उपसमितिले एसईई नराख्ने सिफारिस गरे पनि शनिबारको बैठकले प्रदेश-स्तरीय एसईई समावेश गर्दै विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बतासेडाँडाबाट खुलेको हिमाली संसार (तस्बिरहरु)

बतासेडाँडाबाट खुलेको हिमाली संसार (तस्बिरहरु)

पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमालस त्यसपछि धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन्। मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि...
सुनको मूल्यमा सामान्य गिरावट, बिहीबारको तुलनामा प्रतितोला ५०० घट्यो

सुनको मूल्यमा सामान्य गिरावट, बिहीबारको तुलनामा प्रतितोला ५०० घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा...
जेनजी आन्दोलनमा फाइल जलेपछि पीडित तथा निवेदकसँग रहेका कागजपत्र उपलब्ध गराइदिन प्रहरीको अनुरोध

जेनजी आन्दोलनमा फाइल जलेपछि पीडित तथा निवेदकसँग रहेका कागजपत्र उपलब्ध गराइदिन प्रहरीको अनुरोध

भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ...
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।