नेभिगेशन
समाज

धान दिवसको दिन राष्ट्रपति भवन शीतल निवासमा रोपाईँ

काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए । 

Ncell
Extreme Energy

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको  आधार मात्र  नभएर व्यवसायिक  बनाउनुपर्ने बताए । 

Screenshot-2025-06-29-130319-1751181661.png
 

कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन आफु प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको राष्ट्रपतिको भनाइ रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

त्यस्तै राष्ट्रपति पौडेलले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको पोखरेलले बताए । रोपाइँपछि शितल निवासमा दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...