नेभिगेशन
समाज

माधव नेपाललक्षित झाँक्रीको टिप्पणी, ‘अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिन्न’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिले पार्टीभित्र तरङ्ग ल्याएको छ। लुम्बिनी प्रदेशस्तरीय युवा सङ्घको भेलालाई सम्बोधन गर्दै उनले अध्यक्षकै कारण पार्टी सङ्कटमा परेको भन्दै अब ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ टिप्पणी गरिन्।

उनले माधव नेपालविरुद्ध संवैधानिक हिसाबले सङ्कट आएको भन्दै काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने बताइन् । उनले भनिन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि सङ्कट आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढङ्गले जानको लागि केही डिपार्चर गर्नुपरेन ?’

त्यस्तै उनले पार्टीलाई पुनर्गठन गर्न अर्ली महाधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको स्पष्ट सङ्केत दिइन्। उनले भनिन्, “पार्टीमा सङ्कट छ। अध्यक्षकै कारण सङ्कट आयो। अब अर्ली महाधिवेशन गरेर नेतृत्व चयन गरौँ। होइन भने सुधार गर्ने बाटो नै छैन।”

माधव नेपालविरुद्ध पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि पार्टीभित्र असन्तोष चुलिएको हो। विशेष अदालतमा अध्यक्ष नेपालको थुनछेक बहसका बेला अदालतमै पुगेकी झाँक्रीले त्यसैलाई सङ्केत गर्दै कानुनी सङ्कटको सामना गरिरहेका व्यक्तिलाई नेतृत्वमा राखेर अगाडि बढ्न नसकिने धारणा व्यक्त गरेकी हुन् । 

झाँक्रीको टिप्पणीपछि अध्यक्ष नेपाल निकट युवा नेताहरू सामाजिक सञ्जालमार्फत उनको आलोचना गर्न थालेका छन्। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...