नेभिगेशन
समाज

माधव नेपाललक्षित झाँक्रीको टिप्पणी, ‘अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिन्न’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिले पार्टीभित्र तरङ्ग ल्याएको छ। लुम्बिनी प्रदेशस्तरीय युवा सङ्घको भेलालाई सम्बोधन गर्दै उनले अध्यक्षकै कारण पार्टी सङ्कटमा परेको भन्दै अब ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ टिप्पणी गरिन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले माधव नेपालविरुद्ध संवैधानिक हिसाबले सङ्कट आएको भन्दै काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने बताइन् । उनले भनिन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि सङ्कट आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढङ्गले जानको लागि केही डिपार्चर गर्नुपरेन ?’

Ncell
Extreme Energy

त्यस्तै उनले पार्टीलाई पुनर्गठन गर्न अर्ली महाधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको स्पष्ट सङ्केत दिइन्। उनले भनिन्, “पार्टीमा सङ्कट छ। अध्यक्षकै कारण सङ्कट आयो। अब अर्ली महाधिवेशन गरेर नेतृत्व चयन गरौँ। होइन भने सुधार गर्ने बाटो नै छैन।”

माधव नेपालविरुद्ध पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि पार्टीभित्र असन्तोष चुलिएको हो। विशेष अदालतमा अध्यक्ष नेपालको थुनछेक बहसका बेला अदालतमै पुगेकी झाँक्रीले त्यसैलाई सङ्केत गर्दै कानुनी सङ्कटको सामना गरिरहेका व्यक्तिलाई नेतृत्वमा राखेर अगाडि बढ्न नसकिने धारणा व्यक्त गरेकी हुन् । 

झाँक्रीको टिप्पणीपछि अध्यक्ष नेपाल निकट युवा नेताहरू सामाजिक सञ्जालमार्फत उनको आलोचना गर्न थालेका छन्। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।