नेभिगेशन
समाज

आज पनि रास्वपाको संसद अवरोध निरन्तर, राप्रपाले गर्यो बहिष्कार

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर संसदमित्रै आन्दोलनमा उत्रिएका रास्वपा र राप्रपाले आज पनि आन्दोलन जारी राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जनाएको छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद्‌को आजको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरू वेलमा पुगेर नाराबाजीमा उत्रिए। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग दोहोर्‍याउँदै भिजिट भिसाको संसदीय वा उच्च स्तरीय छानबिन आयोग बनाउनुपर्ने माग गरे । 
सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई रास्वपा र राप्रपाले समितिको निष्पक्षता र विश्वसनीयता प्रति गम्भीर शंका उठाउँदै त्यसलाई अस्वीकार गरिरहेका छन्।

Ncell
Extreme Energy

यही असहमति र असन्तुष्टि प्रकट गर्न राप्रपाका सांसदहरू बैठकमै सहभागी नहुने निर्णय गर्दै बाहिरिएका हुन्। यसले संसदभित्र सरकार र विपक्षी दलबीचको सम्बन्ध थप तिक्त बनेको स्पष्ट देखिएको छ।

संसदीय गतिविधि बारम्बार अवरुद्ध भइरहँदा विधेयकहरूमा छलफल गर्ने कर्मकाण्डी मात्रै बनेका छन् भने आमनागरिकका महत्वपूर्ण सरोकारका विषयमा संवाद गर्नुपर्ने सदन आजकल राजनीतिक असहमतिको मञ्चमा सीमित बन्दै गएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...
जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

“यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन । विपत्तिमा ज्यान गुमाउनुभएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्”, उनले...