नेभिगेशन
मुख्य समाचार

आज पनि रास्वपाको संसद अवरोध निरन्तर, राप्रपाले गर्यो बहिष्कार

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर संसदमित्रै आन्दोलनमा उत्रिएका रास्वपा र राप्रपाले आज पनि आन्दोलन जारी राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जनाएको छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएको छ।

संसद्‌को आजको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरू वेलमा पुगेर नाराबाजीमा उत्रिए। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग दोहोर्‍याउँदै भिजिट भिसाको संसदीय वा उच्च स्तरीय छानबिन आयोग बनाउनुपर्ने माग गरे । 
सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई रास्वपा र राप्रपाले समितिको निष्पक्षता र विश्वसनीयता प्रति गम्भीर शंका उठाउँदै त्यसलाई अस्वीकार गरिरहेका छन्।

यही असहमति र असन्तुष्टि प्रकट गर्न राप्रपाका सांसदहरू बैठकमै सहभागी नहुने निर्णय गर्दै बाहिरिएका हुन्। यसले संसदभित्र सरकार र विपक्षी दलबीचको सम्बन्ध थप तिक्त बनेको स्पष्ट देखिएको छ।

संसदीय गतिविधि बारम्बार अवरुद्ध भइरहँदा विधेयकहरूमा छलफल गर्ने कर्मकाण्डी मात्रै बनेका छन् भने आमनागरिकका महत्वपूर्ण सरोकारका विषयमा संवाद गर्नुपर्ने सदन आजकल राजनीतिक असहमतिको मञ्चमा सीमित बन्दै गएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...
पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

संयोजक दाहालको सचिवालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।
कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै शुक्रबार उनले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन ।
कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । साथै उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई...