नेभिगेशन
समाज

रामहरि खतिवडालाई डिपि अर्यालको जवाफ, ‘काम गरेर खानेहरुले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लक्षित गर्दै ‘काम गरेर खानेहरुले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने’ भन्दै जवाफ दिएका छन् । आइतबारको प्रतिनिधिसभामा सांसदसमेत रहेका अर्यालले शनिबार रामहरि खतिवडाले अर्याल सञ्चालक रहेको कम्पनीमाथि टिप्पणी गरेपछि त्यसको जवाफ दिने क्रममा सो कटाक्ष गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदको शून्य समयमा बोल्दै अर्यालले आफूले नेपालले काम गरेर खाएको तर काम गरेर खाने क्रममा चोरेर खानेहरुले प्रश्न गरेको बताउँदै त्यस्को जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने, ‘हामीले कस्तो समाज निर्माण गरेछौँ, यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने ।’

Ncell
Extreme Energy

त्यस्तै उनले भिजिट भिसा प्रकरणलाई विषयान्तर गर्न संसदमा आफू संचालक रहेको सुमिरे टुर एण्ड ट्राभल्सको विषय उठाएको बताए । कार्यवहाक सभापति अर्यालले आफ्नो कम्पनीबाट विदेश गएका एक जना नेपालीपनि विदेश गएर नफर्किएको प्रमाण पेश गर्न चुनौती दिएका छन् । 

यस्तो छ अर्यालले संसदमा दिएको अभिव्यक्तिः 
हामीले कस्तो समाज निर्माण गरेछौँ, यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने । ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी विरुद्ध हामी आन्दोलनमा छौँ। संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोगको माग गरिरहेका छौं। यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो।  
राजनीतिलाई पेशा बनाएर वर्षौंदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेशा व्यवसाय गरेर खानेहरू माथि गम्भीर आरोप लगाउन पछि परेनन् । मलाई दया लाग्छ सभामुख महोदय, २०४८÷ ४९ सालतिर कोही मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेबापत हनुमानढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू आज यही संसदमा सांसद भएर बसिरहेका छन्। अरुलाई आक्षेप लगाउनेहरु भिसा पाए आफैँ टाप कस्लान । 
हो म गर्वका साथ भन्छु, सुमिरे टुर एण्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय । म यही देशमा केही गरेर खाने मान्छे हुँ। चोरेर खाने मान्छे होइन सभामुख महोदय । मेरो समय ठिकै चलेको छ सभामुख महोदय । अरुको घडीको समय बिग्रिएको छ भने म के भनौँ सभामुख महोदय । मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु । होइन भने सभामुख महोदय, निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखबाट म रुलिङको माग गर्दछु। 
कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौं सभामुख महोदय। हाम्रो आन्दोलन जारी छ। म फेरि भन्छु निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ, यो कट्नुपर्छ।

शनिबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सको नाम उठाउँदै दस वर्षदेखि जापानमा नेपालीहरूलाई भिजिट भिसामा पठाउने काम भइरहेको भन्दै प्रश्न उठाएका थिए।

उनले भनेका थिए, “सुमिरे टुर एन्ड ट्राभल्स कसको होरु भिजिट भिसाको नाममा हजारौं नेपाली जापान पठाएर अर्बौं कमाइ गरिन्छ, त्यही पैसाले संसदमा सांसद किनेर भिजिट भिसामा धाँधली गर्ने काम भइरहेको छ।”
उनले सो विषय उठाएपछि अर्यालले आइतबार जवाफ फर्काएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...