नेभिगेशन
मुख्य समाचार

रास्वपा र राप्रपाका सांसदलाई बोल्न नदिन कांग्रेस सचेतक श्याम घिमिरेको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी रास्वपा  र राप्रपाका सांसदलाई लक्षित गर्दै नियमितरुपमा उठेर मानब बेचुवा भन्ने सांसदहरुलई बोल्न नदिन सभामुखलाई आग्रह गरेका छन् । 

उनले संसदको आकस्मिक समयको दुरुपयोग गर्ने काम भइरहेको दाबी गर्दै जथाभावी अव्यिक्ति दिने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्ने माग गरे ।

CG

रास्वपा र राप्रपा लक्षित कांग्रेस सचेतकको भनाई यस्तो छः 
अहिले संसदमा दैनिक संसदीय कारवाही सुरू भएपछि नियमितरूपमा उठ्ने, गालीगलौज गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, यो प्रक्रिया चलिरहेको छ । चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रियाको सुरूवात भएको छ । यसलाई अन्त्य गर्नैपर्छ । यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन ।

भिजिट भिसाका विषयमा संसदको ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको अवस्था हो । यो अवस्थामा दैनिक समय प्रदान हुन्छ, त्यसको दुरुपयोग गरेर जुन ढंगले अभिव्यक्ति दिने प्रक्रियाको आरम्भ भएको छ, त्यसपछि म सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यो प्रथालाई अन्त्य गर्नुपर्छ । होइन भने यो संसद गालीगलौजमै सकिन्छ । हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ । यो प्रक्रियालाई बन्द गर्ने हो भने यस्तो अभिव्यक्ति गर्ने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ ।

सचेतक घिमिरे आफैँ पनि संंसदमा विवादित अभिव्यक्ती दिने सांसदमा पर्छन् । उनले केहि समय अघि संसदको विशेष समय लिएरै नेपालमा यौन व्यवसाय खुल्ला गर्नुपर्ने माग गरेका थिए भने जान मन लागेका गएका हुन भन्दै भिजिट भिसा प्रकरणलई सामान्यकरण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र...
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।