नेभिगेशन
समाज

रास्वपा र राप्रपाका सांसदलाई बोल्न नदिन कांग्रेस सचेतक श्याम घिमिरेको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी रास्वपा  र राप्रपाका सांसदलाई लक्षित गर्दै नियमितरुपमा उठेर मानब बेचुवा भन्ने सांसदहरुलई बोल्न नदिन सभामुखलाई आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले संसदको आकस्मिक समयको दुरुपयोग गर्ने काम भइरहेको दाबी गर्दै जथाभावी अव्यिक्ति दिने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्ने माग गरे ।

Ncell
Extreme Energy

रास्वपा र राप्रपा लक्षित कांग्रेस सचेतकको भनाई यस्तो छः 
अहिले संसदमा दैनिक संसदीय कारवाही सुरू भएपछि नियमितरूपमा उठ्ने, गालीगलौज गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, यो प्रक्रिया चलिरहेको छ । चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रियाको सुरूवात भएको छ । यसलाई अन्त्य गर्नैपर्छ । यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन ।

भिजिट भिसाका विषयमा संसदको ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको अवस्था हो । यो अवस्थामा दैनिक समय प्रदान हुन्छ, त्यसको दुरुपयोग गरेर जुन ढंगले अभिव्यक्ति दिने प्रक्रियाको आरम्भ भएको छ, त्यसपछि म सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यो प्रथालाई अन्त्य गर्नुपर्छ । होइन भने यो संसद गालीगलौजमै सकिन्छ । हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ । यो प्रक्रियालाई बन्द गर्ने हो भने यस्तो अभिव्यक्ति गर्ने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ ।

सचेतक घिमिरे आफैँ पनि संंसदमा विवादित अभिव्यक्ती दिने सांसदमा पर्छन् । उनले केहि समय अघि संसदको विशेष समय लिएरै नेपालमा यौन व्यवसाय खुल्ला गर्नुपर्ने माग गरेका थिए भने जान मन लागेका गएका हुन भन्दै भिजिट भिसा प्रकरणलई सामान्यकरण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...