नेभिगेशन
समाज

नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरि अघि बढाउन गृहमन्त्रीको आग्रह

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरि अघि बढाउन आग्रह गरेका छन् । 

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंगको छलफलका क्रममा मन्त्री लेखकले प्रहरी सम्बन्धी कानून निकै पुरानो भइसकेको अवस्थामा नयाँ कानून बनाउन संसदको यसै अधिवेशनबाटै पारित हुने गरि अघि बढाउन आग्रह गरेका हुन् । 

CG

प्रहरी संगठनमा रहेको कार्यालय सहयोगी, जवान, हवल्दारलाई तल्लो तहको कर्मचारीको रुपमा बुझ्दै आएकोमा अब शव्द परिवर्तन गरि आधारभूत तह भन्ने प्रस्ताव गरिएको उनले बताए । उनले प्रहरी संगठनको आधारभूत शक्ति उनीहरु नै भएकाले आधारभूत तह भन्न खोजिएको बताए ।

गृहमन्त्री लेखकले आधारभूत तहमा रहने प्रहरीहरुको सेवा सुविधालाई पनि बिशेष केन्द्रमा राखेर ऐन ल्याइएको जानकारी दिए ।
बैठकमा संशोधनकर्ता सांसदहरुले प्रहरी सेवालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने, सरुवा बढुवालाई प्रक्रियागत ढंगले अघि बढाउनुपर्ने, मनोवल उच्च हुने गरि क्षमता अभिवृद्धि गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए । उक्त विधेयकमाथि सांसदहरुले ६ सय ४८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...