नेभिगेशन
मुख्य समाचार

अदालतबाट हतकडीसहित भागेका थुनुवा बालाजु बसपार्कमा भेटिए

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट हतकडी सहित भागेका चोरी कसुरका थुनुवा गंगबुबाट पक्राउ परेका छन्।  

आइतबार थुनछेक बहसका लागि अदालत लगिएका चोरी मुद्दाका आरोपित निराजन ठकुरी भन्ने दशरथ शाही अदालतको शौचालयबाट फरार भएका थिए।काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनलाई हतकडीसहितनै बालाजु बसपार्कबाट पक्राउ गरिएको हो । 

चोरी कसुरमा पक्राउ परेको उनी  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिक १ घर भई हाल गंगबु बस्दै आएका थिए । उनलाई चोरीको आरोपमा २०८२ जेठ २० गते प्रहरी वृत्त लैनचौरले पक्राउगरी हिरासतमा राखेर थियो । 

काठमाडौँ जिल्ला अदालतभित्रैबाट चोरी कसुरका थुनुवा हत्कडीसहित भागे

उनलाई थुनछेकका लागि आइतबार प्रहरी हवल्दार चक्रबहादुर रोकायाको कमाण्डमा २ जनाको जिम्मामा अदालत लगिएको थियो ।  ४ नम्बर इजलासमा थुनछेक बहस भैरहेका बेला प्रहरी जवान छविराज रेग्मीले शौचालय लगेका थिए । त्यही मौकामा शाही भागेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...
पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

संयोजक दाहालको सचिवालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।
कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै शुक्रबार उनले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन ।
कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । साथै उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई...