नेभिगेशन
समाज

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यतिबेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ । 

वर्षाको समय जङ्गली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको हो । 

मगरका अनुसार बर्खायामको समयमा निकुञ्जको बाटोहरू बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ । निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौवटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जिप सफारी नियमित सञ्चालन हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...
पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

संयोजक दाहालको सचिवालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।
कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै शुक्रबार उनले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन ।
कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । साथै उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई...