नेभिगेशन
मुख्य समाचार

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दायर

काठमाडौँ ।  पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार साइबर ब्युरोमा परिवर्तित नामबाट दर्ता भएको उजुरीलाई आधार मानेर मुद्दा अगाडि बढाएको हो। उजुरीमा पत्रकार पाठकले सामाजिक सञ्जालमार्फत व्यक्तिको तस्बिरसहित आपत्तिजनक र भ्रमपूर्ण सामग्री सार्वजनिक गरेको आरोप लगाइएको छ।

 पाठकले ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा शेरबहादुर देउवाका छोरालाई जोडेर काठमाडौंस्थित हिल्टन होटलमा शाही अग्रवाल र दीपक भट्टको लगानी रहेको भन्ने विषय सामाजिक सञ्जालमा प्रस्तुत गरेका थिए। उक्त सामग्रीबाट निवेदकको व्यक्तिगत छवि र गोपनीयता उल्लंघन भएको दाबी गरिएको छ।

सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत मुद्दा चलाउने निर्णय लिँदै, पाठकलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए ।
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आयोगले शुक्रबार सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...