नेभिगेशन
समाज

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दायर

काठमाडौँ ।  पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार साइबर ब्युरोमा परिवर्तित नामबाट दर्ता भएको उजुरीलाई आधार मानेर मुद्दा अगाडि बढाएको हो। उजुरीमा पत्रकार पाठकले सामाजिक सञ्जालमार्फत व्यक्तिको तस्बिरसहित आपत्तिजनक र भ्रमपूर्ण सामग्री सार्वजनिक गरेको आरोप लगाइएको छ।

Ncell
Extreme Energy

 पाठकले ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा शेरबहादुर देउवाका छोरालाई जोडेर काठमाडौंस्थित हिल्टन होटलमा शाही अग्रवाल र दीपक भट्टको लगानी रहेको भन्ने विषय सामाजिक सञ्जालमा प्रस्तुत गरेका थिए। उक्त सामग्रीबाट निवेदकको व्यक्तिगत छवि र गोपनीयता उल्लंघन भएको दाबी गरिएको छ।

सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत मुद्दा चलाउने निर्णय लिँदै, पाठकलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...
जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

“यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन । विपत्तिमा ज्यान गुमाउनुभएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्”, उनले...