नेभिगेशन
मुख्य समाचार

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

काठमाडौँ । सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सोमबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) अनुसार दोषी ठहर गर्दै ८ वर्ष कैद र राष्ट्रसेवकको हैसियतले थप १० प्रतिशत अर्थात् ३ महिना १० दिन कैद सजाय तोकेको हो। साथै, अदालतले उनलाई बिगोको दोब्बर अर्थात २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना समेत तिराउने फैसला गरेको छ।

बस्नेतमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते बस्नेत र पद्मा कोलोनी प्रालि तथा पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक एवं अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घूस लेनदेन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

अदालतले मेयर बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कँडेल तथा दुबै कम्पनीबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा पीडित राहत कोषमा दाखिला गर्नुपर्ने आदेश दिएको छ।

यस मुद्दामा राजुप्रसाद कँडेल पनि दोषी ठहर भएका छन्। उनलाई समेत ८ वर्ष कैद सजाय सुनाइएको छ। कँडेल र उनका दुई कम्पनीलाई पनि बस्नेतसँगै बिगो बराबरको रकम संयुक्त रूपमा भराउनुपर्ने आदेश अदालतले गरेको छ।

यसैबीच, अदालतले बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने अभियोग प्रमाणित नपुगेको भन्दै सफाइ दिएको छ।

बस्नेत नेपाली कांग्रेसका तर्फबाट लगातार दुई कार्यकाल नगर प्रमुख निर्वाचित भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए ।
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आयोगले शुक्रबार सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...