नेभिगेशन
समाज

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

काठमाडौँ । सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सोमबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) अनुसार दोषी ठहर गर्दै ८ वर्ष कैद र राष्ट्रसेवकको हैसियतले थप १० प्रतिशत अर्थात् ३ महिना १० दिन कैद सजाय तोकेको हो। साथै, अदालतले उनलाई बिगोको दोब्बर अर्थात २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना समेत तिराउने फैसला गरेको छ।

Ncell
Extreme Energy

बस्नेतमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते बस्नेत र पद्मा कोलोनी प्रालि तथा पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक एवं अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घूस लेनदेन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

अदालतले मेयर बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कँडेल तथा दुबै कम्पनीबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा पीडित राहत कोषमा दाखिला गर्नुपर्ने आदेश दिएको छ।

यस मुद्दामा राजुप्रसाद कँडेल पनि दोषी ठहर भएका छन्। उनलाई समेत ८ वर्ष कैद सजाय सुनाइएको छ। कँडेल र उनका दुई कम्पनीलाई पनि बस्नेतसँगै बिगो बराबरको रकम संयुक्त रूपमा भराउनुपर्ने आदेश अदालतले गरेको छ।

यसैबीच, अदालतले बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने अभियोग प्रमाणित नपुगेको भन्दै सफाइ दिएको छ।

बस्नेत नेपाली कांग्रेसका तर्फबाट लगातार दुई कार्यकाल नगर प्रमुख निर्वाचित भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...