नेभिगेशन
मुख्य समाचार

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

स्पेन । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन गरेका छन् । 

प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । प्रधानमन्त्री ओलीले यस प्रकारको स्वतन्त्र आयोगले अल्पविकसित र साना मुलुकको विकासका लागि देखिएको लगानीको खाडल पूर्ति गर्न योगदान दिनसक्ने बताए । 

CG

“यो आयोग स्थापनाको पहलका लागि म खुसी व्यक्त गर्दछु । यसले सामाजिक र आर्थिक विकासमा सहायता वृद्धि भई लगानीको प्राथमिकता र विश्लेषणका लागि सन्तुलन मिलाउन सहयोग गर्नेछ”, प्रधानमन्त्री ओलीले भने, “पेरिस सम्झौतासमेतका आधारमा विश्वको समग्र आर्थिक अवस्था, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनको मूल्याङ्कन गरी आर्थिक दिगोपनामा लाग्नुपर्छ । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको अवस्थामा हामीजस्ता मुलुकका लागि विकासमा रहेको आर्थिक खाडल पूर्तिका लागि विश्व आर्थिक प्रणालीको पुनरावालोकन गर्नुपर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र...
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।