नेभिगेशन
समाज

जनप्रतिनिधिलाई बदनाम गर्ने काम भयोः रामहरि खतिवडा

‘यत्रो ठूलो मिस्टेक कानुन बनाउने कुरामा काहीँ पनि हुँदैन ।’

काठमाडौँ । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जनप्रतिनिधिलाई बदनाम गर्ने काम भएको बताएका छन् । सोमबार सभामुखसँको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै सभापति खतिवडाले आफूहरुले पास गरेको भन्दा फरक बुँदा थपेर सदनमा विधेयक गएको बताए । उनले समितिमा भएको निर्णयमा एउटा बुँदा थप गरिएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीननामा दिएको कर्मचारीको सेवाको अवकास भएको मितिले २ वर्ष अवधी पुरा नभईकन कुनै संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भनेर हामीले निर्णय गर्यौँ । त्यसको मुनी एउटा दफा थपिएर पछि सदनमा गएको हामीले फेला पार्यौँ । यो कसको गल्तीबाट भएको छ कसले गर्यो त्यसलाई कारवाहीको दायरामा ल्याउनुपर्छ’, उनले भने । 

Ncell
Extreme Energy

उनले यसलाई संसदमाथिको गम्भीर प्रहार भएको बताएको छन् । ‘यत्रो ठूलो मिस्टेक कानुन बनाउने कुरामा काहीँ पनि हुँदैन ।’

उनले यो विषयलाई छानबिन गनिुपर्ने बताए । उनले आफूमाथि पनि छानबिन गर्न तयार भएको बताए । ‘आज सबै सेक्टरबाट जनप्रतिनिधिहरुलाई बदनाम गर्ने काम भएको छ । त्यसप्रति सभामुखको ध्यानाकर्षण गराएको छु । अरु हामी समितिका साथीहरु छलफल गरेर निर्णय गछौँ ।’

राजीनामा माग भएको छ नी भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवाडाले भने, ‘छानबिन गरौँ न । कर्मचारी म जो छ, त्यो स्टेजमा आउँदाखेरी मेरो गल्ती देखिएको ठाउँमा म तयार छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...