नेभिगेशन
मुख्य समाचार

जनप्रतिनिधिलाई बदनाम गर्ने काम भयोः रामहरि खतिवडा

‘यत्रो ठूलो मिस्टेक कानुन बनाउने कुरामा काहीँ पनि हुँदैन ।’

काठमाडौँ । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जनप्रतिनिधिलाई बदनाम गर्ने काम भएको बताएका छन् । सोमबार सभामुखसँको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै सभापति खतिवडाले आफूहरुले पास गरेको भन्दा फरक बुँदा थपेर सदनमा विधेयक गएको बताए । उनले समितिमा भएको निर्णयमा एउटा बुँदा थप गरिएको बताए ।

‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीननामा दिएको कर्मचारीको सेवाको अवकास भएको मितिले २ वर्ष अवधी पुरा नभईकन कुनै संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भनेर हामीले निर्णय गर्यौँ । त्यसको मुनी एउटा दफा थपिएर पछि सदनमा गएको हामीले फेला पार्यौँ । यो कसको गल्तीबाट भएको छ कसले गर्यो त्यसलाई कारवाहीको दायरामा ल्याउनुपर्छ’, उनले भने । 

CG

उनले यसलाई संसदमाथिको गम्भीर प्रहार भएको बताएको छन् । ‘यत्रो ठूलो मिस्टेक कानुन बनाउने कुरामा काहीँ पनि हुँदैन ।’

उनले यो विषयलाई छानबिन गनिुपर्ने बताए । उनले आफूमाथि पनि छानबिन गर्न तयार भएको बताए । ‘आज सबै सेक्टरबाट जनप्रतिनिधिहरुलाई बदनाम गर्ने काम भएको छ । त्यसप्रति सभामुखको ध्यानाकर्षण गराएको छु । अरु हामी समितिका साथीहरु छलफल गरेर निर्णय गछौँ ।’

राजीनामा माग भएको छ नी भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवाडाले भने, ‘छानबिन गरौँ न । कर्मचारी म जो छ, त्यो स्टेजमा आउँदाखेरी मेरो गल्ती देखिएको ठाउँमा म तयार छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र...
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।