नेभिगेशन
समाज

भन्ने एक थोक, लेख्ने अर्को थोक ?, माओवादीलाई स्विकार्य छैनः हितराज पाण्डे

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमाथि भएको छेडखानी आफूहरुलाई स्विकार्य नभएको बताएको छ । पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले भन्ने एक थोक, लेख्ने अर्को थोक माओवादीलाई स्विकार्य नहुने बताएका हुन् । 

पाण्डेले माओवादी केन्द्रको सुरुदेखि नै कुलिङ पिरियड राख्नुपर्छ भन्नेमा अडान रहेको, सोहीअनुसार राज्य व्यवस्था समितिबाट पारित भएको कुरा छेडखानी भएको र सो स्विकार्न नसक्ने बताएका हुन् । ‘हामीले छलफल गरेर भन्ने एक थोक, लेख्ने अर्कोथोक चाहिँ हामी मान्न सक्दैनौँ ।’, उनले भने, ‘कुनै पनि हालतमा कुलिङ पिरियडबिना हामी मान्दैनौँ । यो माओवादीको अडान हो ।’

CG

त्यस्तै उनले प्रतिवेदन बनाउने क्रममा समितिमा भएका छलफलमा सहभागि भएका विभिन्न मन्त्रालयका सचिवहरुले जे अडान राखेका थिए, सोहीअनुरुप किर्ते भएका कारण शंकाको सुई त्यतातर्फ पनि घुमेको बताए । उनले भने, ‘हामीले विभिन्न मन्त्रालयका सचिवज्यूहरुलाई समितिमा बोलाएर छलफल गर्दा उहाँहरुले जे भन्नुभएको थियो । त्यो विषय किर्ते गरेर छिराइयो । यो विषयमा हामी त्यसै छाड्दैनौँ ।’

प्रतिवेदन लेख्नेबेलामा भएको छेडखानीमाथि छानबिन गरेर कारबाही हुनुपर्ने उनको माग छ । ‘प्रतिवेदन लेख्नेबेलामा जसरी घुमाइयो छ । त्यो कहाँ, कसले, कसरी, किन घुमायो ? यो विषयवस्तुमा छानबिन गर्नुपर्छ, कारबाही गर्नुपर्छ ।’, पाण्डेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै