नेभिगेशन
समाज

भन्ने एक थोक, लेख्ने अर्को थोक ?, माओवादीलाई स्विकार्य छैनः हितराज पाण्डे

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमाथि भएको छेडखानी आफूहरुलाई स्विकार्य नभएको बताएको छ । पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले भन्ने एक थोक, लेख्ने अर्को थोक माओवादीलाई स्विकार्य नहुने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाण्डेले माओवादी केन्द्रको सुरुदेखि नै कुलिङ पिरियड राख्नुपर्छ भन्नेमा अडान रहेको, सोहीअनुसार राज्य व्यवस्था समितिबाट पारित भएको कुरा छेडखानी भएको र सो स्विकार्न नसक्ने बताएका हुन् । ‘हामीले छलफल गरेर भन्ने एक थोक, लेख्ने अर्कोथोक चाहिँ हामी मान्न सक्दैनौँ ।’, उनले भने, ‘कुनै पनि हालतमा कुलिङ पिरियडबिना हामी मान्दैनौँ । यो माओवादीको अडान हो ।’

Ncell
Extreme Energy

त्यस्तै उनले प्रतिवेदन बनाउने क्रममा समितिमा भएका छलफलमा सहभागि भएका विभिन्न मन्त्रालयका सचिवहरुले जे अडान राखेका थिए, सोहीअनुरुप किर्ते भएका कारण शंकाको सुई त्यतातर्फ पनि घुमेको बताए । उनले भने, ‘हामीले विभिन्न मन्त्रालयका सचिवज्यूहरुलाई समितिमा बोलाएर छलफल गर्दा उहाँहरुले जे भन्नुभएको थियो । त्यो विषय किर्ते गरेर छिराइयो । यो विषयमा हामी त्यसै छाड्दैनौँ ।’

प्रतिवेदन लेख्नेबेलामा भएको छेडखानीमाथि छानबिन गरेर कारबाही हुनुपर्ने उनको माग छ । ‘प्रतिवेदन लेख्नेबेलामा जसरी घुमाइयो छ । त्यो कहाँ, कसले, कसरी, किन घुमायो ? यो विषयवस्तुमा छानबिन गर्नुपर्छ, कारबाही गर्नुपर्छ ।’, पाण्डेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।