नेभिगेशन
समाज

विमानस्थलका दुई पसललाई २ लाख बढी जरिवाना, सोल्टी होटललाई तीन दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । अत्यधिक मूल्य लिएको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुई पसललाई जरिवाना गरेको छ। मंगलबार विभागको छड्के अनुगमन टोलीले “इजी ट्रेड” लाई रु २ लाख ६० हजार र “एयरपोर्ट कफी एण्ड कन्फेक्सनरी” लाई २ लाख ५ हजार जरिवाना तिराएको हो।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार, अनुगमनको क्रममा यी फर्महरूले अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी बिक्री वितरण गर्दै आएको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) र दफा ३९(१)(ख) अनुसार उनीहरूलाई कारबाही गरिएको हो।

त्यस्तै, विमानस्थलमै सञ्चालित सोल्टी होटल लगायत अन्य केही व्यवसायहरूलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सबै कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

airport-jariwana-1751377181.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका...
रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए ।