नेभिगेशन
समाज

विमानस्थलका दुई पसललाई २ लाख बढी जरिवाना, सोल्टी होटललाई तीन दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । अत्यधिक मूल्य लिएको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुई पसललाई जरिवाना गरेको छ। मंगलबार विभागको छड्के अनुगमन टोलीले “इजी ट्रेड” लाई रु २ लाख ६० हजार र “एयरपोर्ट कफी एण्ड कन्फेक्सनरी” लाई २ लाख ५ हजार जरिवाना तिराएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका महानिर्देशक कुमार दाहालका अनुसार, अनुगमनको क्रममा यी फर्महरूले अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी बिक्री वितरण गर्दै आएको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) र दफा ३९(१)(ख) अनुसार उनीहरूलाई कारबाही गरिएको हो।

Ncell
Extreme Energy

त्यस्तै, विमानस्थलमै सञ्चालित सोल्टी होटल लगायत अन्य केही व्यवसायहरूलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सबै कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

airport-jariwana-1751377181.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...