नेभिगेशन
समाज

५२ संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्चको फैसला आज, चार वर्षदेखि झुण्डिएको मुद्दाकाे टुंगो लाग्दै

काठमाडौं । चार वर्षभन्दा बढी समयदेखि सर्वोच्च अदालतमा झुण्डिएको संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा आज फैसला हुने भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ र २०७८ सालमा ल्याएका अध्यादेशमार्फत संवैधानिक परिषद्को प्रक्रिया संशोधन गरी नियुक्त गरिएका ५२ पदाधिकारीको वैधानिकता सम्बन्धी मुद्दामा संवैधानिक इजलासले आज (बुधबार) निर्णय सुनाउन लागेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले मंगलबारसम्म गहन छलफल गरी निर्णय मस्यौदा तयार पारेको सर्वोच्च स्रोतको भनाइ छ। इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सहभागी छन्।

Ncell
Extreme Energy

संविधानको व्याख्या तथा संवैधानिक परिषद्को प्रक्रिया उल्लंघन भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, सम्रित खरेललगायतले १५ वटा रिट दायर गरेका थिए। उनीहरूले तत्कालीन सरकारको सिफारिसमा अध्यादेश ल्याएर संसदको वैधानिक प्रक्रिया विना नियुक्ति गरिएको भन्दै त्यसको बदर माग गरेका थिए।

अध्यादेशमार्फत संवैधानिक परिषद्‌को ऐन संशोधन गरी अध्यक्षसहित बहुमतको उपस्थितिलाई गणपूरक मानेर निर्णय गर्ने व्यवस्था ल्याइएको थियो। उक्त व्यवस्था अनुसार २०७७ माघ २१ मा ३२ जना र २०७८ असार १० मा २० जना गरी ५२ जनालाई नियुक्त गरिएको थियो। सो सिफारिसमा सभामुख अग्नि सापकोटा र विपक्षी नेता शेरबहादुर देउवा अनुपस्थित थिए। त्यसपछि अध्यादेश खारेज गरिए पनि नियुक्तिहरू कायमै रहँदा कानुनी जटिलता चुलिएको थियो।

निर्णय सुनाउने मिति यसअघि पनि पटक–पटक सरेको थियो। जेठ २८ मा निर्णय हुने भनिए पनि न्यायाधीशहरूबीच सहमति नजुट्दा असार १८ मा सारिएको थियो।

यस मुद्दामा लामो समयसम्म सुनुवाइ नगरेको भन्दै सर्वोच्च अदालतको व्यापक आलोचना हुँदै आएको थियो। अन्ततः गत माघ ३० बाट नियमित सुनुवाइका लागि ‘हेर्दाहेर्दै’ मा राखेर संवैधानिक इजलास सक्रिय भएको हो।

यदि सर्वोच्चले नियुक्तिलाई असंवैधानिक ठहर गरेमा ती सबै ५२ पदाधिकारीको पद स्वतः रिक्त हुनेछ र संवैधानिक निकायहरू पुनः गठन गर्नुपर्नेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...
जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

“यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन । विपत्तिमा ज्यान गुमाउनुभएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्”, उनले...
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।