नेभिगेशन
मुख्य समाचार

माधव नेपाललाई मरेको सिनो भनेपछि नेकपा एसले सोध्यो रामकुमारीलाई ३ दिने स्पष्टीकरण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई सिनोको संज्ञा दिएपछि स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ।

अध्यक्षमाथि अभिव्यक्ति दिएपछि एकीकृत समाजवादी अनुशासन आयोगले स्थायी समिति सदस्य झाँक्रीमाथि तीन दिने स्पष्टीकरण सोधेको पार्टीका सचिव सोमनाथ पाण्डेले जानकारी दिए । 

झाँक्रीले असार १५ मा बुटवलमा आयोजित युवा सङ्घको प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गर्दै मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन्।  

पतञ्जलि जग्गा प्रकरणमा मुछिएका नेपालले विशेष अदालतबाट ३५ लाख धरौटीमा छुटेको अवस्थामा  झाँक्रीको यस्तो अभिव्यक्ति आएको थियो । 

उनले भनेकी थिइन, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका...
रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए ।