नेभिगेशन
मुख्य समाचार

पार्टीको कुनै कमिटीले मलाई लिखित, मौखिक स्पष्टीकरण सोधेको थाहा छैनः रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफुलाई पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार भएको बताएकी छिन् । 

आफुमाथि उठेका विषयमाथि सचिवालय बैठकमा नै प्रष्ट पार्न पाउँ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी झाँक्रीले स्पष्टिकरणको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा निराधार भएको बताएकी हुन् । 

 ‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन’, झाँक्रिले भनिन् । 

आफुले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहि पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताइन् । तर पार्टीका ठूला नेताहरुले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफुबिरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसावले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ । 

उनले आफुले बोलेका बिषयमा भने बैठकमा आफ्ना कुरा राख्ने उल्लेख गरिन् । स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थीत भइ स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएकी छिन् । झाँक्रीले असार १४ गते युवा संघ लुम्बिनी प्रदेशको भेलामा समय अगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनले उक्त कार्यक्रममा भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।