नेभिगेशन
मुख्य समाचार

तातोपानी नाकाबाट सडक हुँदै पहिलोपटक हेलिकप्टर आयात, साढे चार करोड कर तिर्ने

काठमाडौँ ।  तातोपानी भन्सार नाकाबाट पहिलोपटक सडक मार्ग हुँदै हेलिकप्टर नेपाल भित्रिएको छ। चीनको तिया जिनबाट कन्टेनरमार्फत ल्याइएको उक्त हेलिकप्टर अहिले भन्सार प्रक्रियामा रहेको छ।

फ्रान्सेली कम्पनीले चीनमै निर्माण गरेको सो हेलिकप्टर माउन्टेन हेलिकप्टर कम्पनीले नेपालका लागि खरिद गरेको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार कन्टेनरमा पङ्खा अलग गरेर ल्याइएको हेलिकप्टरको भन्सार प्रक्रिया तथा पङ्खा जडानको काम एकसाथ भइरहेको छ।

"भन्सार क्लियर भएपछि हेलिकप्टर यहीँबाट उडेर जाने छ," प्रमुख चुडालले भने, "नागरिक उड्डयन प्राधिकरणको अनुमति र लागत सम्बन्धी कागजातहरूको अध्ययन भइरहेको छ।"

आयातकर्ता कम्पनीले झण्डै साढे चार करोड रुपैयाँ बराबरको कर तिर्नेछ, जसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत भन्सार शुल्क समावेश छन्।

नेपालका लागि यो नयाँ प्रकारको आयात प्रक्रिया भएकोले भन्सार क्षेत्रमै चासोको विषय बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका–३ घर भई अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ...
चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...