नेभिगेशन
समाज

तातोपानी नाकाबाट सडक हुँदै पहिलोपटक हेलिकप्टर आयात, साढे चार करोड कर तिर्ने

काठमाडौँ ।  तातोपानी भन्सार नाकाबाट पहिलोपटक सडक मार्ग हुँदै हेलिकप्टर नेपाल भित्रिएको छ। चीनको तिया जिनबाट कन्टेनरमार्फत ल्याइएको उक्त हेलिकप्टर अहिले भन्सार प्रक्रियामा रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फ्रान्सेली कम्पनीले चीनमै निर्माण गरेको सो हेलिकप्टर माउन्टेन हेलिकप्टर कम्पनीले नेपालका लागि खरिद गरेको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार कन्टेनरमा पङ्खा अलग गरेर ल्याइएको हेलिकप्टरको भन्सार प्रक्रिया तथा पङ्खा जडानको काम एकसाथ भइरहेको छ।

Ncell
Extreme Energy

"भन्सार क्लियर भएपछि हेलिकप्टर यहीँबाट उडेर जाने छ," प्रमुख चुडालले भने, "नागरिक उड्डयन प्राधिकरणको अनुमति र लागत सम्बन्धी कागजातहरूको अध्ययन भइरहेको छ।"

आयातकर्ता कम्पनीले झण्डै साढे चार करोड रुपैयाँ बराबरको कर तिर्नेछ, जसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत भन्सार शुल्क समावेश छन्।

नेपालका लागि यो नयाँ प्रकारको आयात प्रक्रिया भएकोले भन्सार क्षेत्रमै चासोको विषय बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...