नेभिगेशन
समाज

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

पर्सा । जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा स्टिल्स कारखानाका प्रतिनिधिलाई निर्देशन दिएको छ । गएराति सो कारखानाको कच्चा पदार्थ पगाल्ने ३० टनको भट्टीमा भएको आमस्मिक आगलागी भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जगदम्बा स्टिल्स वरपर मानव वस्ती र सोही उद्योगमा कार्यरत मजदूरको सुरक्षाको लागि पनि आवश्यक सुरक्षाका मापदण्ड कडाईपूर्वक पालना गर्नका लागि उद्योगलाई निर्देशन दिएको बताए । 

Ncell
Extreme Energy

“सो दुर्घटना भएको थाहा पाउने बित्तिकै स्थलगत अनुगमन गरेका थियौँ,” उनले भने, “उद्योग वरपर मानव वस्ती र उद्योगमा कार्यरत मजदुरको पनि सुरक्षाको विषयमा गम्भिर चासो राखेका छौँ । अगामीका दिनमा पनि यस्ता खालका दुर्घटना नहोस भन्नका लागि सुरक्षा मापदण्ड पालना गर्नका लागि अनुरोध गर्दछु ।” 

प्रजिअ अधिकारीले दुर्घटना भएको उद्योगले मात्रै नभएर अन्य उद्योग कलकारखानाले पनि सुरक्षाका मापदण्ड कडाइपूर्वक पालना गर्नुपर्ने बताए।

जगदम्बा स्टिल्स लिमिटेडले विहीबार प्रेस विज्ञप्ती जारी गरेर बुधबार राति ९ः१५ बजेका समयमा जीतपुर–सिमरा उपमहानगरपालिका–२ स्थित उद्योगको हाताभित्र रहेको सिसिएम प्लान्टमा कच्चा पदार्थलाई पगाल्ने क्रममा ३० टनको भट्टी चलिरहेको अवस्थामा अकस्मात आगजनी भएर पड्किन गएको जनाएको छ ।  कम्पनीका अनुसार सो घटनामा परेर भारत विहार राज्य समस्तिपुर स्थायी घर भई कारखानामा कार्यरत अजय बैठा घाइते भएको थिए  । 

घाइते बैठाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । कम्पनीले एक जना घाइते हुनुबाहेक अन्य कुनै पनि मानवीय क्षति नभएको दावी गरेको छ । “उद्योगमा भने ठूलो मात्रामा भौतिक क्षति भएको छ,” कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, “उक्त घटना के कसरी हुन गयो भन्ने बारेमा सम्बन्धित पक्ष र यस प्रतिष्ठानबाट अनुसन्धान भइरहेको अवगत गराउन चाहान्छौँ ।” 

कम्पनीले विभिन्न खालका सामाजिक सञ्जालमा विभिन्न खालका अफ्वाह फैलाइएकोमा भने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रजिअ अधिकारीले सो घटनाको विषयमा इलाका प्रहरी कार्यालय सिमराले आवश्यक अनुसन्धानसमेत गरिरहेको जानकारी दिए । “इलाका प्रहरी कार्यालयले सो घटनाको सम्बन्धमा आवश्यक छानविन गरिरहेको छ,” उनले भने, “सो को प्रतिवेदनसँगै आवश्यक कदम चाल्नेछौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...