नेभिगेशन
समाज

अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

काठमाडौँ । नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले अदालतको मानहानी मुद्दामा तिवारीलाई स्पष्टिकरणसहित जवाफ पेश गर्न आदेश दिएको हो।

केही महिनाअघि गठन भएको उपभोक्ता अदालतले उपचारमा लापरवाही भएका विषयमा केही अस्पताल र चिकित्सकलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो। त्यसपछि मेडिकल एसोसिएसनले सार्वजनिक रूपमा त्यसको विरोध गरेको थियो। महासचिव तिवारीले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई कालोपट्टी बाँध्न आह्वान गर्दै उपभोक्ता अदालतले मेडिकल काउन्सिलको अधिकार क्षेत्र अतिक्रमण गरेको आरोप लगाएका थिए।

यसरी गरिएको विरोध अदालतको काममा हस्तक्षेप गर्ने नियतसहित भएको भन्दै अधिवक्ताहरू जय पौडेल र सुविन पाण्डेले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। त्यस्तै, उपभोक्ता हित संरक्षण मञ्च र कानुन व्यवसायीहरूको समूहले पनि अदालतको प्रतिष्ठामाथि आघात पुगेको भन्दै कारबाहीको मागसहित निवेदन दिएका थिए।

सो निवेदनउपर अदालतले जवाफ पेस गर्न आदेश दिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका–३ घर भई अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ...
चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...