नेभिगेशन
समाज

अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

काठमाडौँ । नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले अदालतको मानहानी मुद्दामा तिवारीलाई स्पष्टिकरणसहित जवाफ पेश गर्न आदेश दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही महिनाअघि गठन भएको उपभोक्ता अदालतले उपचारमा लापरवाही भएका विषयमा केही अस्पताल र चिकित्सकलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो। त्यसपछि मेडिकल एसोसिएसनले सार्वजनिक रूपमा त्यसको विरोध गरेको थियो। महासचिव तिवारीले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई कालोपट्टी बाँध्न आह्वान गर्दै उपभोक्ता अदालतले मेडिकल काउन्सिलको अधिकार क्षेत्र अतिक्रमण गरेको आरोप लगाएका थिए।

Ncell
Extreme Energy

यसरी गरिएको विरोध अदालतको काममा हस्तक्षेप गर्ने नियतसहित भएको भन्दै अधिवक्ताहरू जय पौडेल र सुविन पाण्डेले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। त्यस्तै, उपभोक्ता हित संरक्षण मञ्च र कानुन व्यवसायीहरूको समूहले पनि अदालतको प्रतिष्ठामाथि आघात पुगेको भन्दै कारबाहीको मागसहित निवेदन दिएका थिए।

सो निवेदनउपर अदालतले जवाफ पेस गर्न आदेश दिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...