नेभिगेशन
समाज

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार साइबर अपराधको अभियोगमा मुद्दा दायर गरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले असार १६ गते मुद्दा दायर गरेको थियो।

विवादको मूल विषय पत्रकार पाठकद्वारा सञ्चालित युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’ मा प्रसारित एक रिपोर्ट हो। उक्त रिपोर्टमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको नाम जोडेर ‘हिल्टन होटलमा लगानी’ लगायतका विषय उठाइएको थियो। रिपोर्ट सार्वजनिक भएपछि पाठकमाथि ‘घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको’ भन्दै उजुरी परेको थियो।

उजुरीपश्चात प्रहरीले उनलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले उनीमाथि पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका–३ घर भई अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ...
चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...