नेभिगेशन
समाज

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार साइबर अपराधको अभियोगमा मुद्दा दायर गरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले असार १६ गते मुद्दा दायर गरेको थियो।

Ncell
Extreme Energy

विवादको मूल विषय पत्रकार पाठकद्वारा सञ्चालित युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’ मा प्रसारित एक रिपोर्ट हो। उक्त रिपोर्टमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको नाम जोडेर ‘हिल्टन होटलमा लगानी’ लगायतका विषय उठाइएको थियो। रिपोर्ट सार्वजनिक भएपछि पाठकमाथि ‘घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको’ भन्दै उजुरी परेको थियो।

उजुरीपश्चात प्रहरीले उनलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले उनीमाथि पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...