नेभिगेशन
समाज

भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार छुः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुले कहिलेपनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफुबिरुद्ध तथ्यप्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन् । ‘नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपनेृ कुनै आवश्यकता छैन । यस धर्तीका एकजना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण पेश गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु ।’, नेपालले भने । आफुले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उनले बताए । 

Ncell
Extreme Energy

अध्यक्ष नेपालले मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको टिप्पणी गरे । एमालेभित्र देखिएको अन्तरसंघर्षले सो पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले अरुको कुभलो चिताउने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने धारणा राखे । 

त्यस्तै उनले वर्तमान सरकारले जनताको विश्वास जित्न नसकेको र परिणाम समेत दिन नसकेको बताए । वर्तमान सरकार जनविरोधी रहेकाले सरकारले पतन अनिवार्य रहेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

आज उनै मिरा कांग्रेस राजनीतिमा नेतृत्वको तरखर गर्दैछिन् । र, कोशी प्रदेशबाट युवा महिला कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।