नेभिगेशन
समाज

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तासँग आज मन्त्रालयमा भएको भेटमा उनले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गरेका हुन् । 

अर्थमन्त्री पौडेलले भने, “निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । हाम्रा नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान गरी अघि बढनुहोस्, सरकार आवश्यक सहयोग गर्न र सहजीकरण गर्न तयार छ ।” 

प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत् , पूर्वधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।
मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।
रविन्द्रसँग रविले भने: ‘म यिनीहरूसँग लड्ने नै हो, म त आनन्दमै छु पीडामा त यिनीहरू छन्’

रविन्द्रसँग रविले भने: ‘म यिनीहरूसँग लड्ने नै हो, म त आनन्दमै छु पीडामा त यिनीहरू छन्’

मिश्रले रवीको केसलाई तात्कालिन सरकारले प्रतिशोध साँधेकोमा आफू स्पष्ट रहेको बताएका छन् । उनले अहिलेको सरकारले त्यसो नगर्नेमा आफू आशावादी रहेको समेत उल्लेख गरे । उनले भने, ‘धेरै...