नेभिगेशन
मुख्य समाचार

कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

काठमाडौँ । संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न विशेष संसदीय समिति गठन गरिने भएको छ ।

शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बिभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले विशेष संसदीय समिति गठनको घोषणा गरि अनुमोदन हुने उनले बताए । समितिमा कांग्रेस र एमालेबाट २–२ जना तथा माओवादी, रास्वपा र राप्रपाबाट १–१ जना सदस्य रहने र समितिको नेतृत्व कांग्रेसले गर्ने बर्तौलाले जानकारी दिए । उनले संसद्को नियमावलीको नियम १८० बमोजिम गठन हुने समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने बताए ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सोमबार बस्ने प्रतिनिधिसभा बैठक अघि सबै दलले समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराउने जानकारी दिए । 

त्यस्तै छलफलमा संसदको आगामी बैठकको क्यालेन्डरका बिषयमा समेत छलफल भएको छ । जस अनुसार असार महिनामा २३, २४, २५, २९, ३० र ३१ गते प्रतिनिधिसभाको बैठक बस्ने नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।