नेभिगेशन
समाज

कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

काठमाडौँ । संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न विशेष संसदीय समिति गठन गरिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बिभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

Ncell
Extreme Energy

सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले विशेष संसदीय समिति गठनको घोषणा गरि अनुमोदन हुने उनले बताए । समितिमा कांग्रेस र एमालेबाट २–२ जना तथा माओवादी, रास्वपा र राप्रपाबाट १–१ जना सदस्य रहने र समितिको नेतृत्व कांग्रेसले गर्ने बर्तौलाले जानकारी दिए । उनले संसद्को नियमावलीको नियम १८० बमोजिम गठन हुने समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने बताए ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सोमबार बस्ने प्रतिनिधिसभा बैठक अघि सबै दलले समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराउने जानकारी दिए । 

त्यस्तै छलफलमा संसदको आगामी बैठकको क्यालेन्डरका बिषयमा समेत छलफल भएको छ । जस अनुसार असार महिनामा २३, २४, २५, २९, ३० र ३१ गते प्रतिनिधिसभाको बैठक बस्ने नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...