नेभिगेशन
मुख्य समाचार

एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

काठमाडौँ। विश्व चर्चित उद्यमी तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार समेत रहेका एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गर्ने घोषणा गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मार्फत ‘अमेरिका पार्टी’ गठनको जानकारी दिएका हुन्।

तर मस्कले पार्टीको कानुनी दर्ता प्रक्रिया पूरा भइसकेको छ कि छैन भन्नेबारे केही खुलाएका छैनन्। पार्टीको औपचारिक संरचना, उद्देश्य र नेतृत्वसमेत अहिले स्पष्ट भइसकेको छैन। अमेरिकाको संघीय निर्वाचन आयोग (FEC) ले समेत शनिबारसम्म यस्तो कुनै नयाँ पार्टी दर्ता भएको पुष्टि नगरेको बीबीसीले जनाएको छ।

City Express

एलन मस्कले आफू स्थापनामा लागिपरेको नयाँ पार्टीले अमेरिका लामो समयदेखि दुई मुख्य दल— रिपब्लिकन र डेमोक्र्याटबीच सीमित रहेको राजनीतिक परिपाटीलाई चुनौती दिने दाबी गरेका छन्।

ट्रम्प प्रशासनमा खर्च कटौती सम्बन्धी सल्लाहकारको भूमिका निभाएका मस्कले आन्तरिक असहमतिका कारण त्यो पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै उनी नयाँ राजनीतिक शक्ति निर्माणतर्फ अग्रसर हुने संकेत दिएका थिए।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनताका मस्क ट्रम्पका प्रमुख समर्थक थिए। उनले अभियानका लागि ट्रम्पलाई २५ करोड अमेरिकी डलर चन्दा दिएको विषयले अमेरिकी राजनीतिमा निकै चर्चा बटुलेको थियो।

राजनीतिमा एलन मस्कको औपचारिक प्रवेश र तेस्रो धारको पार्टीको प्रयासले अमेरिकी राजनीतिक परिदृश्यमा नयाँ बहस सुरु गराउने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलन जाँचबुझ आयोगमा नख्खुका जेलरको बयान रविका कारण जेल बच्यो, उहाँलाई धन्यवाद !

जेनजी आन्दोलन जाँचबुझ आयोगमा नख्खुका जेलरको बयान रविका कारण जेल बच्यो, उहाँलाई धन्यवाद !

'जेलमा बाहिरबाट ठुलो आक्रमण र जोखिम थियो । त्यो भिडमा हजारौं मान्छे थिए । को को थिए मैले चिन्ने कुरा भएन ।' जेलर जोशीको भनाई उदृत गर्दै स्रोत...
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
नानक जयन्ती मनाइँदै

नानक जयन्ती मनाइँदै

यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो...