नेभिगेशन
समाज

एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

काठमाडौँ। विश्व चर्चित उद्यमी तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार समेत रहेका एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गर्ने घोषणा गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मार्फत ‘अमेरिका पार्टी’ गठनको जानकारी दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर मस्कले पार्टीको कानुनी दर्ता प्रक्रिया पूरा भइसकेको छ कि छैन भन्नेबारे केही खुलाएका छैनन्। पार्टीको औपचारिक संरचना, उद्देश्य र नेतृत्वसमेत अहिले स्पष्ट भइसकेको छैन। अमेरिकाको संघीय निर्वाचन आयोग (FEC) ले समेत शनिबारसम्म यस्तो कुनै नयाँ पार्टी दर्ता भएको पुष्टि नगरेको बीबीसीले जनाएको छ।

Ncell
Extreme Energy

एलन मस्कले आफू स्थापनामा लागिपरेको नयाँ पार्टीले अमेरिका लामो समयदेखि दुई मुख्य दल— रिपब्लिकन र डेमोक्र्याटबीच सीमित रहेको राजनीतिक परिपाटीलाई चुनौती दिने दाबी गरेका छन्।

ट्रम्प प्रशासनमा खर्च कटौती सम्बन्धी सल्लाहकारको भूमिका निभाएका मस्कले आन्तरिक असहमतिका कारण त्यो पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै उनी नयाँ राजनीतिक शक्ति निर्माणतर्फ अग्रसर हुने संकेत दिएका थिए।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनताका मस्क ट्रम्पका प्रमुख समर्थक थिए। उनले अभियानका लागि ट्रम्पलाई २५ करोड अमेरिकी डलर चन्दा दिएको विषयले अमेरिकी राजनीतिमा निकै चर्चा बटुलेको थियो।

राजनीतिमा एलन मस्कको औपचारिक प्रवेश र तेस्रो धारको पार्टीको प्रयासले अमेरिकी राजनीतिक परिदृश्यमा नयाँ बहस सुरु गराउने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...