नेभिगेशन
मुख्य समाचार

चेक बाउन्स मुद्दामा पक्राउ परेका ठेकेदार भेटवाललाई अनुसन्धान गर्न अदालतले म्याद नथप्दिएपछि...

काठमाडौँ । काठमाडौँ भ्यू टावर निर्माणको जिम्मा पाएका ठेकेदार मनोजकुमार भेटवाल छुटेका छन् । चेक बाउन्सको मुद्दामा पक्राउ परेका उनी एक सातामै रिहा भएका हुन्। 

करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको जाहेरीका आधारमा प्रहरीले उनलाई गत असार १३ गते अनामनगरबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको प्रहरीले उनीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक ६ दिनको म्याद लिएको थियो । म्याद लिए पनि स्वास्थ्य कारण देखाउँदै उनी अस्पताल भर्ना भएका थिए । अस्पताल बसाइँका कारण उनीमाथि अनुसन्धान अघि बढाउन नपाएको प्रहरीले जनाएको छ । तर पहिलो पटकको म्याद सकिएपछि दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा अदालतले स्वास्थ्यको कारण देखाउँदै म्याद थप अस्वीकार गर्‍यो। 

प्रहरीका अनुसार, म्याद नथपिएपछि थप अनुसन्धान अघि बढाउन नसकिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले भने, ‘स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन, त्यसपछि हामीसँग प्रक्रिया रोक्नुबाहेक विकल्प थिएन।’

म्याद थप नभएपछि गत १९ असारमा उनी छुटेका छन् । 

भेटवालमाथि यसअघि पनि विभिन्न आर्थिक अपराधमा मुद्दा लाग्दै आएका छन्। २०७५ सालमा सीआईबीले उनलाई कमसल जग्गा धितो राखी बैङ्क कर्मचारीसँग मिलेर ११ करोड रुपैयाँ ठगी गरेको अभियोगमा उनी पक्राउ परेका थिए। त्यसपछि २०७६ मा बैङ्किङ कसुरमा पक्राउ परेका उनलाई सोही वर्ष विदेशी विनिमय अपचलनको आरोपमा राजश्व अनुसन्धान विभागले पनि मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम दर्ताका लागि ५ दिन थपियो, मंसिर ५ सम्म दर्ता गर्न सकिने

मतदाता नामावलीमा नाम दर्ताका लागि ५ दिन थपियो, मंसिर ५ सम्म दर्ता गर्न सकिने

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब मंसिर ५ गतेसम्म मतदाता नामावालीमा नाम दर्ता गर्नेले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् ।