नेभिगेशन
समाज

चेक बाउन्स मुद्दामा पक्राउ परेका ठेकेदार भेटवाललाई अनुसन्धान गर्न अदालतले म्याद नथप्दिएपछि...

काठमाडौँ । काठमाडौँ भ्यू टावर निर्माणको जिम्मा पाएका ठेकेदार मनोजकुमार भेटवाल छुटेका छन् । चेक बाउन्सको मुद्दामा पक्राउ परेका उनी एक सातामै रिहा भएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको जाहेरीका आधारमा प्रहरीले उनलाई गत असार १३ गते अनामनगरबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको प्रहरीले उनीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक ६ दिनको म्याद लिएको थियो । म्याद लिए पनि स्वास्थ्य कारण देखाउँदै उनी अस्पताल भर्ना भएका थिए । अस्पताल बसाइँका कारण उनीमाथि अनुसन्धान अघि बढाउन नपाएको प्रहरीले जनाएको छ । तर पहिलो पटकको म्याद सकिएपछि दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा अदालतले स्वास्थ्यको कारण देखाउँदै म्याद थप अस्वीकार गर्‍यो। 

Ncell
Extreme Energy

प्रहरीका अनुसार, म्याद नथपिएपछि थप अनुसन्धान अघि बढाउन नसकिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले भने, ‘स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन, त्यसपछि हामीसँग प्रक्रिया रोक्नुबाहेक विकल्प थिएन।’

म्याद थप नभएपछि गत १९ असारमा उनी छुटेका छन् । 

भेटवालमाथि यसअघि पनि विभिन्न आर्थिक अपराधमा मुद्दा लाग्दै आएका छन्। २०७५ सालमा सीआईबीले उनलाई कमसल जग्गा धितो राखी बैङ्क कर्मचारीसँग मिलेर ११ करोड रुपैयाँ ठगी गरेको अभियोगमा उनी पक्राउ परेका थिए। त्यसपछि २०७६ मा बैङ्किङ कसुरमा पक्राउ परेका उनलाई सोही वर्ष विदेशी विनिमय अपचलनको आरोपमा राजश्व अनुसन्धान विभागले पनि मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...