नेभिगेशन
समाज

राजीनामा बुझाउँदै नाउपाका राज्यमन्त्री अरूणकुमार चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी सोमबार बिहान पदबाट राजीनामा बुझाउँदै छन्। शनिबारको संसदीय दलको निर्णयअनुसार चौधरी आज प्रधानमन्त्री वा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पत्र बुझाउने तयारीमा छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार, चौधरीले आइतबार नै राजीनामा दिने योजना बनाएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली हुम्लामा बेली ब्रिज उद्घाटन कार्यक्रममा सहभागी हुन गएकाले समय मिलेन। ‘प्रधानमन्त्री राति मात्र काठमाडौं फर्किनुभयो, त्यसैले राजीनामा प्रक्रिया आज बिहान अघि बढाइँदैछ,’ श्रेष्ठले बताइन्।

Ncell
Extreme Energy

अब राजीनामा पत्र प्रधानमन्त्री ओलीलाई भेटेर सिधै हस्तान्तरण गर्ने वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गर्ने विकल्प नाउपाले तय गरेको छ।

शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...