नेभिगेशन
मुख्य समाचार

राजीनामा बुझाउँदै नाउपाका राज्यमन्त्री अरूणकुमार चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी सोमबार बिहान पदबाट राजीनामा बुझाउँदै छन्। शनिबारको संसदीय दलको निर्णयअनुसार चौधरी आज प्रधानमन्त्री वा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पत्र बुझाउने तयारीमा छन्।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार, चौधरीले आइतबार नै राजीनामा दिने योजना बनाएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली हुम्लामा बेली ब्रिज उद्घाटन कार्यक्रममा सहभागी हुन गएकाले समय मिलेन। ‘प्रधानमन्त्री राति मात्र काठमाडौं फर्किनुभयो, त्यसैले राजीनामा प्रक्रिया आज बिहान अघि बढाइँदैछ,’ श्रेष्ठले बताइन्।

अब राजीनामा पत्र प्रधानमन्त्री ओलीलाई भेटेर सिधै हस्तान्तरण गर्ने वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गर्ने विकल्प नाउपाले तय गरेको छ।

शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।