नेभिगेशन
मुख्य समाचार

रसुवागढी नाकामा मितेरी पुल पनि बगायो,फसेको मानिसको उद्धारका लागि हेलिकप्टर चाहियोः रसुवाका सहायक सिडिओ

काठमाडौं । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सडक सम्पर्क टुटेको छ । अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल चीन सम्पर्क विच्छेद भएको 
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार  बिहान ३ बजे केरुङबाट आउने भोटेकोशी नदीमा आएको बाढीले  नाका क्षेत्रमा 
भौतिक क्षति भएको र केही मानिस फसेको छन् ।

'बाढीबाट मितेरी पुल बगाएको छ । भन्सार यार्डमा ठुलो क्षति पुगेको छ । केही मानिस फसेको र उनीहरुको उद्धारका लागि काठमाडौंसँग हेलिकप्टरका लागि समन्वय भइरहेको छ ।' सहायक प्रजिअ अधिकारीले भने ।

उनका अनुसार भन्सारको र्याडमा राखिएको सयौँ इभी बगेका छन् । १२ जनाको प्रहरी टोली पनि त्यही फसेको जनाइएको छ । 
उद्धारका लागि प्रहरीको टोली परिचालन गरेपनि पानीको सतह नघटेका कारण उद्धारमा समस्या भएको छ । उद्धारका लागि उनका अनुसार १२ जनाको प्रहरी टोली त्यहाँ नै फसेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।