नेभिगेशन
समाज

रसुवा बाढीमा बेपत्ता हुनेहरुको सूची

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले अहिलेसम्म ९ जनाको उद्धार गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेपत्ता हुनेमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।

Ncell
Extreme Energy

त्यस्तै ६ जना चिनियाँ नागरिक समेत बेपत्ता भएका छन्। सशस्त्र प्रहरीका अनुसार बेपत्ता चिनियाँ नागरिकहरूमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG रहेका छन्।

नेपाली नागरिकमध्ये बेपत्ता हुनेमा बर्दिया घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन्।

गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा ठूलो क्षति पुर्‍याएको छ। सुख्खा बन्दरगाहमा राखिएका सातवटा इलेक्ट्रिक सवारी (ईभी) बाढीले बगाएको बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धार कार्य तीव्र रुपमा जारी रहेको सुरक्षा निकायहरूले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...