नेभिगेशन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता हुनेहरुको सूची

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले अहिलेसम्म ९ जनाको उद्धार गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बेपत्ता हुनेमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।

त्यस्तै ६ जना चिनियाँ नागरिक समेत बेपत्ता भएका छन्। सशस्त्र प्रहरीका अनुसार बेपत्ता चिनियाँ नागरिकहरूमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG रहेका छन्।

नेपाली नागरिकमध्ये बेपत्ता हुनेमा बर्दिया घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन्।

गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा ठूलो क्षति पुर्‍याएको छ। सुख्खा बन्दरगाहमा राखिएका सातवटा इलेक्ट्रिक सवारी (ईभी) बाढीले बगाएको बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धार कार्य तीव्र रुपमा जारी रहेको सुरक्षा निकायहरूले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।