नेभिगेशन
समाज

रसुवा बाढीमा मृत्यु भएका प्रहरी सहायक निरीक्षकको अन्त्येष्टि

काठमाडौँ । मंगलबार रसुवाको सीमा क्षेत्रमा आएको भीषण बाढीका क्रममा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको अन्त्येष्टि गरिएको छ । रसुवाबाट बाढीले बगाएर चितवनमा फेला परेको उनको शवको बुधबार अन्त्येष्टि गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठको पार्थिव शरीरलाई नेपाली प्रहरीका उच्च अधिकारीहरूको उपस्थितिमा तनहुँस्थित देवघाटमा सलामीसहित अन्तिम श्रद्धाञ्जली दिइएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार श्रेष्ठको अन्त्येष्टि उनका परिवार र सुरक्षाकर्मीहरूको उपस्थितिमा गरिएको हो।

Ncell
Extreme Energy

उनी चीनतर्फको सीमावर्ती क्षेत्र रसुवागढी नाकामा ड्युटीमा खटिएका बेला अचानक आएको बाढीले बगाएर मृत्यु भएको हो। घटनामा अन्य दुई जना प्रहरी पनि बेपत्ता छन् भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

संगठनले श्रेष्ठको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। सरकारले मृतक प्रहरीका परिवारलाई उचित क्षतिपूर्ति र बेपत्ता प्रहरीको यथाशिघ्र खोजी गरिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै