नेभिगेशन
समाज

रसुवा बाढीमा मृत्यु भएका प्रहरी सहायक निरीक्षकको अन्त्येष्टि

काठमाडौँ । मंगलबार रसुवाको सीमा क्षेत्रमा आएको भीषण बाढीका क्रममा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको अन्त्येष्टि गरिएको छ । रसुवाबाट बाढीले बगाएर चितवनमा फेला परेको उनको शवको बुधबार अन्त्येष्टि गरिएको हो । 

श्रेष्ठको पार्थिव शरीरलाई नेपाली प्रहरीका उच्च अधिकारीहरूको उपस्थितिमा तनहुँस्थित देवघाटमा सलामीसहित अन्तिम श्रद्धाञ्जली दिइएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार श्रेष्ठको अन्त्येष्टि उनका परिवार र सुरक्षाकर्मीहरूको उपस्थितिमा गरिएको हो।

उनी चीनतर्फको सीमावर्ती क्षेत्र रसुवागढी नाकामा ड्युटीमा खटिएका बेला अचानक आएको बाढीले बगाएर मृत्यु भएको हो। घटनामा अन्य दुई जना प्रहरी पनि बेपत्ता छन् भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

संगठनले श्रेष्ठको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। सरकारले मृतक प्रहरीका परिवारलाई उचित क्षतिपूर्ति र बेपत्ता प्रहरीको यथाशिघ्र खोजी गरिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।