नेभिगेशन
समाज

रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशिल रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन् । 

Ncell
Extreme Energy

चालु आर्थिक वर्षको लागि मन्त्रालयलाई प्राप्त भएको बजेटबाट हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरिसकिएको र ४ लाख २४ हजार टन बिक्री गरि सकिएको उहाले जानकारी दिए । यसको अलावा ५२ हजार टन यूरिया र ३० हजार टन डिएपी कलकत्ता बन्दरगाह भर्खरै आइसकेको आइपुगेको अवस्था रहेको उनले बताए । 

मन्त्री अधिकारीले जारी धान रोपाइँ सिजनका लागी मलको अभाव नहोस् भनेर मन्त्रालयले मन्त्रालयले आवश्यक व्यवस्था गरेको बताए । हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरुमा करिब ९५ हजार टन मल मौज्दात रहेको र स्थानीय तहको सिफारिसको आधारमा मल विक्रेता सहकारी संस्थाहरुलाई उपलव्ध गराइरहेको उनको भनाइ छ । 

मन्त्री अधिकारीले मलको वितरण व्यवस्था प्रभावकारी बनाउनमा प्रदेश सरकार र स्थानीय तहको अहम भुमिका रहेकोले मलको अत्यधिक माग हुने यस सिजनमा गैरकानुनी एवं अनाधिकृत रुपमा मलको कारोबार एवं विक्री वितरण गरि कालोबजारी गर्ने कामलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । मल वितरण कार्यलाई सहज पारदर्शी र प्रभावकारी बनाउने दिशामा आवश्यक सहयोग तथा सहजीकरण गर्न समेत उहाले अपिल गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...