नेभिगेशन
मुख्य समाचार

रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशिल रहेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन् । 

चालु आर्थिक वर्षको लागि मन्त्रालयलाई प्राप्त भएको बजेटबाट हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरिसकिएको र ४ लाख २४ हजार टन बिक्री गरि सकिएको उहाले जानकारी दिए । यसको अलावा ५२ हजार टन यूरिया र ३० हजार टन डिएपी कलकत्ता बन्दरगाह भर्खरै आइसकेको आइपुगेको अवस्था रहेको उनले बताए । 

मन्त्री अधिकारीले जारी धान रोपाइँ सिजनका लागी मलको अभाव नहोस् भनेर मन्त्रालयले मन्त्रालयले आवश्यक व्यवस्था गरेको बताए । हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरुमा करिब ९५ हजार टन मल मौज्दात रहेको र स्थानीय तहको सिफारिसको आधारमा मल विक्रेता सहकारी संस्थाहरुलाई उपलव्ध गराइरहेको उनको भनाइ छ । 

मन्त्री अधिकारीले मलको वितरण व्यवस्था प्रभावकारी बनाउनमा प्रदेश सरकार र स्थानीय तहको अहम भुमिका रहेकोले मलको अत्यधिक माग हुने यस सिजनमा गैरकानुनी एवं अनाधिकृत रुपमा मलको कारोबार एवं विक्री वितरण गरि कालोबजारी गर्ने कामलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । मल वितरण कार्यलाई सहज पारदर्शी र प्रभावकारी बनाउने दिशामा आवश्यक सहयोग तथा सहजीकरण गर्न समेत उहाले अपिल गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।