नेभिगेशन
समाज

सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले परियारलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीसँगै मुद्दामा संलग्न महानगरका तत्कालीन निर्देशकहरू बसन्त आचार्य र नमराज ढकाललाई क्रमशः ५०/५० हजार धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

Ncell
Extreme Energy

तीनै जना बुधबार अदालतमा उपस्थित भएपछि उनीहरूको बयान र थुनछेक बहस भएको थियो। त्यसपछि अदालतले उनीहरूलाई धरौटीमा छोड्ने आदेश दिएको विशेष अदालतका उपरजिष्टार कृष्णशरण लामिछानेले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार ढल निर्माणको ठेक्कामा कम मूल्य कबोल गर्ने ‘समानान्तर सेवा प्रालि’लाई अयोग्य ठहर गराई, बढी मूल्य कबोल गर्ने ‘कल्पवृक्ष–कोहिनुर जेभी’ लाई ठेक्का दिइएको थियो।

अख्तियारको दाबी अनुसार यो प्रक्रियाबाट काठमाडौँ महानगरपालिकालाई ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बराबरको आर्थिक हानि भएको छ।

अख्तियारले प्रतिवादीहरू — निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरी र प्रमुख प्रशासकीय अधिकृत परियार — सबैले मिलेमतोमा प्रक्रिया बङ्ग्याएर ठेक्का दिएको आरोप लगाएको छ।

परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक थिए। तर मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...
दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । दीपकलाई उद्योग मन्त्री नियुक्तिको तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।

भर्खरै