नेभिगेशन
मुख्य समाचार

सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

बुधबार विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले परियारलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीसँगै मुद्दामा संलग्न महानगरका तत्कालीन निर्देशकहरू बसन्त आचार्य र नमराज ढकाललाई क्रमशः ५०/५० हजार धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

तीनै जना बुधबार अदालतमा उपस्थित भएपछि उनीहरूको बयान र थुनछेक बहस भएको थियो। त्यसपछि अदालतले उनीहरूलाई धरौटीमा छोड्ने आदेश दिएको विशेष अदालतका उपरजिष्टार कृष्णशरण लामिछानेले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार ढल निर्माणको ठेक्कामा कम मूल्य कबोल गर्ने ‘समानान्तर सेवा प्रालि’लाई अयोग्य ठहर गराई, बढी मूल्य कबोल गर्ने ‘कल्पवृक्ष–कोहिनुर जेभी’ लाई ठेक्का दिइएको थियो।

अख्तियारको दाबी अनुसार यो प्रक्रियाबाट काठमाडौँ महानगरपालिकालाई ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बराबरको आर्थिक हानि भएको छ।

अख्तियारले प्रतिवादीहरू — निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरी र प्रमुख प्रशासकीय अधिकृत परियार — सबैले मिलेमतोमा प्रक्रिया बङ्ग्याएर ठेक्का दिएको आरोप लगाएको छ।

परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक थिए। तर मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।