नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेप्रति ‘राजनीतिक प्रतिशोध’को विरोधमा मनिषा कोइराला, हस्ताक्षर गर्दै

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउने भएकी छन्।

मनिषा आज बिहान साढे ११ बजे वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर हस्ताक्षर गर्ने कार्यक्रम तय भएको हस्ताक्षर अभियान समिति सचिव प्रमोद न्यौपानेले जानकारी दिए। रास्वपाको पहलमा लामिछानेमाथि 'राजनीतिक रूपमा निर्मम व्यवहार गरिएको' भन्दै सर्वसाधारणको समर्थन जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको छ।

वैचारिक रूपमा राजसंस्थाको समर्थक रहिआएकी कोइरालाले यसअघि कुनै राजनीतिक दलप्रति खुलेर समर्थन जनाएकी थिइनन्। 

रास्वपाले लामिछानेमाथि राज्य संयन्त्र प्रयोग गरी ‘निशाना बनाइएको’ भन्दै देशभर हस्ताक्षर संकलन अभियान चलाइरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।